बागमती प्रदेश सांसद सुरेश श्रेष्ठले संघीय सरकारले मन्त्रीमण्डलको टुँगो लागेलगतै बागमती प्रदेश सरकारले पूर्णता पाउने बताउनु भएको छ ।

रफत सञ्चार क्लबमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले राजनीतिक समीकरण फेरबदलको स्थितिलाई दृष्टिगत गर्दैै नेपाली कांग्रेस पार्टीले राजनीतिक स्थिरताका लागि क्रियाशील भएको श्रेष्ठले बताउनुभयो ।

लामो समयदेखि संघीयताको कार्यान्वयनमा देखिएको जटिलताको अन्त्य गर्न संघले प्रदेशप्रति देखाइरहेको व्यवहारलाई परिवर्तन गर्न नसक्दा प्रदेशको नीति निर्माणमा समस्या देखिएको श्रेष्ठले बताउनुभयो ।

संघीय सरकारले अधिकार व्यवहारतः प्रत्यायोजन नगर्दा आधारभूत कामहरूसमेत प्रभावित भएको श्रेष्ठले बताउँदै प्रदेशले आफ्नो अधिकार उपयोग गर्न नपाउँदा जनमानसमा परेको नकारात्मक छापलाई निराकरण गर्न संघीयतालाई व्यवहारमा लागू गर्ने वातावरण सिर्जना गर्न संघीय सरकारलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्रीले हालै विश्वासको मत माग्दा कांग्रेसले खेलेको भूमिका नै राजनीतिक स्थिरताको बलियो सन्देश रहेको श्रेष्ठले उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारले पूर्णता पाएसँगै प्रदेशको विकासको निर्माणको अभूतपूर्व लहर सिर्जना हुने बताउनुभयो । विकास निर्माणको लहरलाई निश्चित गति प्रदान गर्नका लागि आर्थिक बन्दोबस्तीमा कुनै सम्झौता नहुने पनि श्रेष्ठले दावी गर्नुभयो ।

विगतमा प्रदेशको विकासमा देखिएको सुस्तपना यसपटक नदोहोरियोस भन्नका लागि स्थानीय निकायलगायत सरोकार पक्षसँग राम्रो समन्वय र समझदारी कायम गर्ने प्रयास भइरहेको श्रेष्ठले चर्चा गर्नुभयो ।

मङ्लबार, २१ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा