नेपालमा वातावरण र दिगोपना विषयक पहिलो विश्व सम्मेलन आयोजना हुने भएको छ । आगामी वर्ष नेपाल सरकारसँगको सहकार्यमा त्रिभुवन विश्व विद्यालय केन्द्रीय वातावरण विज्ञान विभागले उक्त विश्व सम्मेलन आयोजना गर्न लागेको हो।

विश्व सम्मेलन आयोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संयुक्त राज्य अमेरिकाको फ्रेस्नो स्टेट युनिभर्सिटी क्यालिफोर्नियाका प्राध्यापक तथा विश्व सम्मेलन आयोजक समितिका सहअध्यक्ष डा.मोहन डाँगीले सम्मेलनमा वायु प्रदूषण तथा जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन तथा दिगो विकाससँग सम्बन्धित विषयहरुमा विस्तृत छलफल गरिने बताउनुभयो ।

त्यसैगरी कार्यक्रकमा विभागका प्रमुख प्रा. डा. छत्र मणि शर्माले विकासशील मुलुकहरुले व्यहोरीरहेका वातावरणीय चुनौतीहरुबारे छलफल गर्न बिसं २०८१ जेठ २७ देखि २९ गतेसम्म काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

विभागका पूर्व प्रमुख तथा सम्मेलनका कोअर्डीनेटर प्रा. डा. केदार रिजालले २० भन्दा बढी मुलुकका ३ सय प्राज्ञ तथा वैज्ञानिकहरु सहित झन्डै ५ सयजना विद्वत् व्यक्तित्वहरू उक्त सम्मेलनमा सहभागी हुने आफुहरुले अपेक्षा गरेको बताउनुभयो । उक्त सम्मेलनबाट प्राप्त निष्कर्षहरु नीतिगत सुझाव सहित नेपाल सरकारलाई बुझाइने पनि उहाँको भनाइ थियो ।

यस्तै, पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य संजय कुमार गौतमले जलवायु परिवर्तन तथा वातवरणीय मुद्दाहरुलाई राजनीतिक छलफलको अग्रस्थानमा ल्याउन आवश्यक भइसकेको उल्लेख गर्नुभयो ।

सोमवार, २० चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो