Trending
युवाहरु उत्तरदायीत्वबिहिन हुदै गर्दा रोटरी क्लब आफ महाराजगञ्जले युवायुवतीलाई सामाजिक उत्तरदायीत्व वहन गराउने उद्धेश्यले आज बिभिन्न कार्यक्रम गरेको छ ।
सामाजिक, आर्थिक परिवर्तनकालागि युवाहरुबाट मात्र सम्भव हुने भन्दै युवा दायित्व र चुनौतिका बिषयमा प्रशिक्षण दिएको हो । घरदेखि बिद्यालयसम्म हुने परिवर्तनकालागि युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले ईन्ट्राक्ट क्लव अफ महाराजगञ्ज गठन गर्दे उनीहरुलाई युवाहरुको दायित्व र कर्तव्यको बिषयमा प्रशिक्षितसमेत गरीएको थियो ।
रोटरी क्लव अफ महाराजगञ्जकी अध्यक्ष मञ्जु गुरुङले युवाहरुमा नेतृत्व क्षमताको बिकास गर्नु अहिलेको चुनौति भएको भन्दै गलतबाटोमा जान नदिन र सहि बाटोमा अगाडी बढाउन युवा नेतृत्व आफै लाग्नु पर्ने बताउनुभयो । पछिल्लो समय बिद्यालय पढ्ने उमेरका किशोर कीशोरीहरु लागुपदार्थ दुव्र्यसनीको शिकार, सेवन र ओसार पसारमा सहभागिहुने दर बढ्दै जाँद किशोर किशोरीहरुमा क्लवले जनचेतनामूलक सन्देश प्रवाह गर्न सहयोगी हुने छ ।
रोटरी क्लब अफ महाराजगञ्जका चार्टर प्रेसीडेण्ट डा. जय टण्डनले सेवाभावले गठित रोटरी क्लबले बिभिन्न सामाजिक काम गरी रहेको बताउनुभयो । किशोरकिशोरीलाई मानव सेवा र नेतृत्व बिकासमा अब्बल बनाउने लक्ष्य रहेको बताउनुभयो ।
नव गठित क्लवकी अध्यक्ष स्नेहा टण्डनले किशोरकीशोरी र युवाहरुको बिषयमा समाजले हेर्ने दृष्टिकोण बदलिदै जाँदा क्लबले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । युवाहरुलाई सामाजिक काममा समर्पित गर्नु पर्ने भन्दै युवाहरु सकरात्मक रुपमा अगाडी बढे मात्र अहिले देखिएका बिकृति अन्त्य गर्न सकीने उहाँको भनाई थियो । कार्यक्रममा बिभिन्न रोटरी क्लवका रोटियनहरुको सहभागिता थियो ।
नवगठित क्लवमा १२ देखि १८ बर्ष उमेरका किशोर किशोरीहरुलाई समेटीको छ भने क्लवको अध्यक्षमा स्नेहा टण्डन रहनु भएको छ । किशोरकिशोरी समेटीएको क्लवलाई रोटरी क्लव अफ महाराजगञ्जले सहयोग गरेको थियो ।