सरकारले पदयात्रा (ट्रेकिङ) व्यवस्थित बनाउन विदेशी पर्यटकलाई गाइड अनिवार्य लैजानुपर्ने व्यवस्था गरेको छ । पर्यटन बोर्डले आज (अप्रिल १) देखि यो नियम लागू गर्दैछ ।

यससँगै अब पर्यटन क्षेत्रमा ५० हजारभन्दा बढीले रोजगारी पाउने ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले जनाएको छ ।

कोभिडमा रोजगारी गुमाएका पर्यटन क्षेत्रका मजदुरका लागि यो व्यवस्थाले थप राहत ल्याएको व्यवसायीहरू बताउँछन् । विदेशी पर्यटकको साथमा गाइड अनिवार्य जानुपर्ने व्यवस्थाले सहयोगी पोर्टर (भारी बोक्ने) ले पनि काम पाउने टानको भनाइ छ ।

टानका अनुसार कोभिडअघि समग्र पर्यटन उद्योगमा करिब १५ लाखले रोजगारी पाएका थिए । जसमा साढे तीन लाखभन्दा बढी ट्रेकिङ गाइड र सहयोगी थिए । संशोधित नयाँ मापदण्ड २०७९ अनुसार प्रस्तावित प्रावधानले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाई विश्व पर्यटन बजारमा नेपाललाई सुरक्षित गन्तव्यको रूपमा चिनाउने, यस क्षेत्रलाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउने, पर्वतीय पर्यटन क्षेत्रमा संलग्न उद्यमी तथा व्यवसायीहरूको आत्मविश्वास बढाई यस क्षेत्रमा थप लगानी आकर्षित गर्ने उल्लेख्य रूपमा रोजगारी वृद्धि गर्ने र पर्वतीय पर्यटन द्वारा राज्यको कुल ग्राहस्त उत्पादनमा पुऱ्याउने योगदानलाई वृद्धि गर्ने कुरामा विश्वस्त रहेको टानले जनाएको छ ।

हाल पर्यटकहरू दुई तरिकाले ट्रेकिङमा जान्छन्। पहिलो, एक्लै पर्यटक आफूले चाहेको गन्तव्यमा ’फ्रि इन्डिपेन्डेन्ट ट्राभल्स (एफआइटी)’ का लागि जारी हुने बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिएर सहयोगीबिनै पदयात्रामा जान पाउँछन् । दोस्रो, समूहमा ग्रुप इन्क्लुसिभ ट्राभल्स (जिआइटी) लागि जारी हुने कार्ड लिएर समूहमा जान सक्छन् । अब एफआइटीका लागि जारी हुने टिम्स कार्ड बन्द भएको छ । त्यसैले एक्लै जान पाउँदैनन् । जिआइटी मार्फत नै प्रक्रिया पु¥याएर जानुपर्नेछ ।

पर्वतीय पर्यटनलाई सुरक्षित, मर्यादित, व्यवसायी मैत्री, रोजगारमूलक र दिगो बनाउन आवश्यक पर्ने नीतिगत सुधारका लागि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)ले विभिन्न निकायसँगको सहकार्यमा लामो समय देखि आवाज उठाउँदै आएको थियो ।

सार्क राष्ट्रहरूका पदयात्रीहरूकाे हकमा प्रति पदयात्री रु १००० (एक हजार मात्र) र बाँकी सम्पूर्ण विदेशी पदयात्रीहरूका हकमा प्रति पदयात्री रु २००० (दुई हजार मात्र) तिरेर टिम्स अनुमति पत्र प्राप्त गर्नु पर्नेछ ।

शनिबार, १८ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा