नेपालमै पहिलो पटक आरोहण आरम्भ भएको हिमाल हो, अन्नपूर्ण प्रथम । सन् १९५० मा फ्रान्सेली आरोही मौरिस हर्जोगले नेपालमै पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेक थिए । सन् १९५३ मा मात्रै सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

नेपालमा आरोहण इतिहास रचेको अन्नपूर्ण हिमालमा ७२ वर्षपछि सफाइ हुने भएको छ । सर्वोच्च शिखर सगरमाथामा आरोहणको चापले ज्यादा फोहोर हुने भएकाले सफाइ हुँदै आइरहेको भए पनि अन्नपूर्ण हिमालमा पहिलो पटक सरसफाइ हुन लागेको हो ।

अन्नपूर्ण हिमाल सरसफाइ गर्ने नेपाली सेनाको टोलीलाई १५ लाख रुपैयाँ सहयोग गर्दै पोखरा महानगरपालिकाले बिहीबार बिदाइ गरेको छ । विश्वको १० औं अग्लो अन्नपूर्ण चुचुरोकै कारण पोखराको अस्तित्व पनि माथि उठेको भन्दै मेयर धनराज आचार्यले बिदाइ गर्दै महानगरको झण्डा पनि हस्तान्तरण गरेका छन् । अन्नपूर्ण चुचुरोमा सेनाले पोखरा महानगरको झण्डा पनि फहराउने छ ।

नेपाली सेनाले सगरमाथासहित ४ हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेकोमा अन्नपूर्ण पनि परेको हो । सेनाले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने ३५ हजार किलो फोेहोर संकलन गर्ने लक्ष्य लिएको छ । अन्नपूर्णबाट मात्रै १० हजार किलो फोहोर संकलन गर्ने योजना रहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका प्रमुख सेनाली किशोर अधिकारीले जानकारी दिनुभयो ।

शुक्रबार, १७ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे