हिमाल चढ्ने रहर सायदैको नहोला । यो सिजन हिमाल चढ्ने हो । यति बेला हिमाल चढ्नेहरुको तछाड मछाड हुन्छ । मुख्य गरेर शेर्पा, भोटे समूदाय हिमाल चढ्न माहिर देखिन्छन् । अनि हिमाल चढ्नकोलागि आउने बिदेशीहरुको भिड पनि बढ्न थालेको छ । अझ पछिल्लो समय हिमाल चढ्न आउने बिदेशीहरुको संख्या ह्वात्तै बढ्न थालेको छ ।
हिमाल चढ्ने समय हुँदै गर्दा हिमाल चढ्दा जोहो गर्नु पर्ने अत्यावश्यक बस्तुको जोहो गर्नु झनै चुनौतिपूर्ण छ । एउटा मात्र सामान छुट्यो भने हिमाल चढ्ने सपना अधुरै राखेर फर्कनु पर्ने समेत हुन्छ । त्यसैले सामानको जोहो गर्नु हिमाल चढ्ने तयारीको प्रमुख काम हो । अहिले बिभिन्न ट्रेकीङ कम्पनी र हिमाल आरोही शेर्पाहरुलाई हिमाल चढ्ने सामान जुटाउन भ्याईनभ्याई छ । दैनिक उपभोग्य वस्तुदेखि हिमाल चढ्दा लैजानु पर्ने आवश्यक खाद्यान्न, हिमाल आरोहणकालागि चाहिने टेन्टदेखि, सिल्पीङ ब्यागलगायतका इक्युप्मेण्ट छुट्ला भन्ने डर त्यतिकै हुन्छ ।
त्यसैले पनि लामो लिष्ट नै बनाएर किनमेल गर्नेदेखि उनीहरु त्यसको व्यवस्थापनसम्म तल्लीन हुन्छन् । हिमाल चढ्नकोलागि जोहो गर्नु पर्ने उज्यालो सामानदेखि अध्यारो पार्नु पर्नेसम्मका सामान खानेदेखि लाउने सम्मका सामान नछुटाई हाल्नु पर्ने हुन्छ । एउटा सामान छुट्यो भने बिदेशबाट आउने गोराहरु रिसाउने मात्र हैन उनीहरुको हिमाल आरोहणनै प्रभावितसम्म हुने गर्दछ । त्यसैले यसमा उनीहरु निकै चनाखो हुने गर्दछन् । कीर्तिमानी हिमाल आरोहि लाक्पा शेर्पाले यो स्प्रीङ सिजन, अप्रील र मेको मध्य सिजन भएकाले हिमाल चढ्नकोलागि बन्दोवस्तीको सामान तयार पार्न म्याई नभ्याई भएको बताए ।
उन्लाई अहिले साथिभाईसंग बोल्ने सम्म फूर्सद छैन् । मकालु हिमाल आरोहणमा निक्कै दक्खल छ उन्को । मकालु हिमाल चढ्नु पर्दा उन्कै खोजि हुने गर्दछ । आफू मात्र हिमाल चढेर भएन । हिमाल चढ्न आएका बिदेशी अरोहिलाई चढाउनु पर्ने बाध्यता पनि छ । अहिलेसम्म धेरै आरोहिलाई हिमाल चढाई सकेकाछन भने हिमाल चढ्नको लागि पथ प्रर्दशकको रुपमा पनि काम गर्दे आएकाछन् । हिमाल चढ्नु कम चुनौतिपूर्ण छैन । अझ अरुलाई चढाउनु त झनै कठिन छ । लाक्पालाई हिमाल चढ्नु आफूलाई सामान्य लागेपनि अरुलाई चढाउन भने निकै कठिन हुने बताउछन् । एक पटकमा हिमाल चढ्न नसके अर्को एक बर्ष कुर्नु पर्ने हुन्छ । ठूलो धनरासी खर्च गरेर आएका बिदेशीहरु एकै सिजनमा हिमाल चढ्न सकेनन् भने अर्को सिजनमा चढ्न आउने गरेका छन् ।
अर्का हिमाल आरोहि नावा निग्मा शेर्पाले भने धेरै बिदेशी पर्यटकहरु हिमाल चढ्न लालयित हुने गरेको बताउँछन् । उन्लाई पनि यो सिजनमा हिमाल चढाउन भ्याई नभ्याई छ । हिमाल चढ्दा लैजानु पर्ने ईक्युप्मेण्ट तयार पार्ने र पु¥याउने चटारो छ उन्लाई पनि । हिमाल चढ्दा चाहिने सामाग्री भरिया मार्फत पठाउनु पर्ने हुन्छ । त्यसमा पनि शेर्पा गाईड खोज्ने र त्यसको जोहो गर्न कम चुनौति छैन । कीर्तिमानी आरोहि मिङ्मा दोर्जी शेर्पा पनि अहिले हिमाल चढ्ने र बिदेशीलाई हिमाल चढाउने काममा तल्लीन छन् । उनी बिदेशीलाई हिमाल चढाउने काममा निकै माहिर मानिन्छन् । हिमालसंग पौठेजोरी खेल्दै उन्ले बिदेशीलाई हिमाल चढाएको धेरै भयो ।
अरु समयमा फूर्सदिला देखिने शेर्पालाई अहिले निकै चटारो छ । हिमाल चढ्दा चाहिने सबै सामानको जोहो गर्नु पर्दा उन्लाई एकछिन फूर्सद छैन् । एउटा सामान छुट्यो भने संसार नै छुटे झै हुन्छ अर्थात सर्वस्व नै स्वाहा हुने गर्दछ । बिदेशीलाई हिमाल चढाउँदा धेरै कुरा सोच्नु पर्दछ । उनीहरुले चाहेको कुरा, बस्ने, खानेदेखि बाटो र हिमाल अरोहणका अवस्था र समय तालिकासमेत तयारी गर्नु पर्दछ ।
केहि बिदेशी खुशी हुने र केहि भने गनगन बढी गर्नेसम्म हुन्छन् । तर जे भए पनि उनीहरुलाई खुशी बनाउनु टे«कीङ कम्पनीको काम नै हो । तर, हिमाल चढेपछि भने उनीहरु खुशी हुने गरेकाछन् । त्यसैले उनीहरुलाई सहज रुपमा हिमाल चढ्ने बतावरण बनाउन हिमाल अरोहिहरु प्रयासरत नै हुन्छन् ।
त्यसैले हिमाल चढ्न पाईला राखेदेखि नर्फकुनजेलसम्मका चुनौतिको चाङमा भए पनि त्यसलाई चिर्दे जानु उनीहरुको दायित्व पनि हो ।