खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पदयात्रीहरुका लागि एक सूचना जारी गर्दै यस भेगमा ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ ।          नेपाल पर्यटन बोर्डले बन्द गरेको ‘सोलो ट्रेकिङ’ अनुमतिको निर्णय सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भने लागु नहुने भएको छ । यसबाट बोर्ड र स्थानीय तह पुनः एक पटक आमनेसामने भएका छन् ।

बोर्डले भने देशैभर लागु हुने गरी फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)लाई अनुमति नदिने निर्णय गरेको छ । यो निर्णय अप्रिलदेखि सबै पदयात्रा गन्तब्यमा अनिवार्य लागु हुने बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

तर, खुम्बु पासाङ ल्हामु गाउँपालिकले भने यसलाई अनिवार्य नरहेको बताएको छ । गाउँपालिकाले अनिवार्य नरहेको र उचाइमा हुने पदयात्रामा आफ्नो सुरक्षाका लागि गाइड साथमा लैजान भने आह्वान गरेको छ । बोर्डले समेत पर्यटकको सुरक्षा, खोजी र उद्दारमा सहज हुने भन्दै एकल रुपमा पदयात्रामा जान रोक लगाउने निर्णय गरेको हो ।

बोर्डले गरेको निर्णय अनुसार अप्रिलदेखि सबै पदयात्रीले एउटै मूल्यमा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बोकेर ट्रेकिङ गाइडको साथमा यात्रा गर्नु पर्नेछ । तर, खुम्बु क्षेत्रमा भने स्थानीय तह आफैंले प्रतिपर्यटक २ हजार रुपैयाँ मूल्यको ट्रेक कार्ड स्थानीय तहले उपलब्ध गराउने गरेको छ ।

यस क्षेत्रमा राष्ट्रिय निकुञ्जले समेत प्रतिपर्यटक ३ हजार रुपैयाँ शुल्क उठाउने गर्छ । खुम्बु क्षेत्रमा बोर्ड र स्थानीय तहबीच लामो समयदेखि नै विवाद रहँदै आएको छ ।

बिहिबार, १६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा