file photo

सल्यान दार्मा गाउँपालिका – ३ फारुलाचौरका ६३ वर्षीय भोटु खत्रीको घरमै धारा बनेपछि दैनिकी फेरिएको छ । पानीका लागि बिहानै दार्माखोला नजिकै पुग्नु पर्ने उहाँको दैनिक फेरिएको हो । उहाँले भन्नुभयो, ‘पशुचौपायालाई खुवाउने पानीको व्यवस्था भए पनि मान्छेका गाह्रो थियो । अहिले घरमै खानेपानी धारा हुँदा सजिलो भएको छ ।’

उहाँ जस्तै फारुलाचौरकै विमला रोकायले घटौँ हिँडेर कुवा र मूलको पानीको पानी प्रयोग गर्दै आएकोमा अहिले गाउँपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गरेर घर घरमा निर्माण भएपछि दैनिक जीवनमा सहजता आएको बताउनुभयो ।

उहाँका अनुसार खानेपानी लिन सामुदायिक धारा र कुवामा जानुपर्ने र लाइन लाग्दा घरको दैनिक काममा ढिला हुने गरेको बताउँदै अहिले घर घरमा खानेपानीको धारा निर्माण हुँदा लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।

दार्मा गाउँपालिकाको एक करोड, नेपाल रेडक्रस सोसाइटीको ३४ लाख ६० हजार र १० लाख बराबरको जनश्रमदान गरी १ करोड ७३ लाख ६० हजार रुपियाँको लागतमा तीन खानेपानी योजना सम्पन्न गरिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताउनुभयो ।

उहाँका अनुसार पालिकाको एक घर एक धाराको नीति र स्थानीयलाई स्वच्छ खानेपानीको पहुँच भित्र ल्याउन एकै पटक ३२४ घरमा खानेपानी विस्तार गरिएको छ ।

दार्मा गाउँपालिका र रेडक्रस सोसाइटिको सहकार्यमा दार्मागाउँपालिका ३ का फारुलाचौरका १४०, वडा नम्बर ४ मालिकाका ३८ र ६ का मलिक्चाका ८०, टिकेपातलमा ६६ घरधुरीमा एक घर एक धाराको खानेपानी योजना सञ्चालन गरिएको छ ।

दार्मा गाउँपालिका सबै घर धुरीमा खानेपानी योजना सञ्चालन गर्न १८ करोड रुपियाँ बराबरको विस्तृत योजना तयार भएको गाउँपालिकाले जनाएको छ ।

 

बिहिबार, १६ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा