वसन्त ऋतुका लागि मंगलबारसम्म २० टोलीका १४२ जना सदस्यले आरोहण अनुमति लिएका छन् । यसमा ३३ जना महिला छन् । पर्यटन विभागका अनुसार यस ऋतुमा मंगलबारसम्म अन्नपूर्ण प्रथमका लागि सबैभन्दा धेरै ५ टोलीका ५४ जनाले अनुमति लिएका छन् । दोस्रो धेरै अनुमति सगरमाथाका लागि जारी भएको छ । मंगलबारसम्म सगरमाथामा ४ टोलीका ३१ जना सदस्यले अनुमति लिएका छन् । जसमा ७ जना महिला छन् ।

मंगलबारसम्म १० वटा हिमालका लागि अनुमति जारी भएको छ । जसमा अन्नपूर्ण र सगरमाथाबाहेक मनास्लुका लागि १५, हिमलुङ हिमालका लागि १२, पाङ्ग्री गोल्डुम्बाका लागि ६, बरुण त्से र थोरोङ पीकका लागि ५/५ जनाले अनुमति लिएको विभागले जनाएको छ । नुप्त्सेका लागि ३, सुर्र्मा सरोबारका लागि २ जनाले अनुमति लिएका छन् ।

सगरमाथामा जारी अनुमति मध्ये नेपालबाट १ समूहका १० जनाले अनुमति लिएका छन् । दोस्रो स्थानमा अमेरिकाका ८ जना छन् । चीनका ५, अष्ट्रेलियाका २/२ र जर्मनी, हंगेरी, सिंगापुर र दक्षिण अफ्रिकाका १/१ जनाले अनुमति लिएका छन् ।

सबै हिमालतर्फ अहिलेसम्म ३३ मुलुकका आरोहीले अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै नेपाली (३४ जना) छन् । दोस्रो स्थानमा अमेरिकी नागरिक १४ जना छन् । दक्षिण कोरियाबाट ९, भारत, चीन, क्यानडाबाट ८/८ जनाले अनुमति लिएको विभागले जनाएको छ । मंगलबारसम्म हिमाल आरोहणबाट सरकारले ४ करोड ९५ लाख ५ हजार ३७० रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

बुधबार, १५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई