प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक विना निष्कर्ष टुंगिएको छ । मन्त्रिमण्डल विस्तार गर्न भागबन्डा टुंग्याउने गरी सत्ता साझेदार दलहरुबीच बैठक बसेको थियो । बैठक विना निष्कर्ष टुंगिए पनि आजै बेलुका ३ बजे पुन: बस्ने गरी बालुवाटारबाट नेताहरु बाहिरिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेताहरु बालुवाटारबाट निस्किए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग ‘वान टु वान’ वार्ता गरिरहनुभएको छ ।

मंगलबार कांग्रेसले ८, जसपा र एकीकृत समाजवादीदे ३–३ मन्त्रालय पाउनुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले ३ मन्त्रालयको अडान राखेपछि प्रधानमन्त्री प्रचण्डले उहाँसँग एक्लै वार्ता गर्न लाग्नुभएको बताइएको छ ।

एकीकृत समाजवादीले रोजेको ३ मन्त्रालय, एउटा प्रदेशमा सरकारको नेतृत्व र सबै प्रदेश सरकारमा आफ्नो पार्टीको सहभागिता हुनुपर्ने अडान राखेको बताइएको छ ।

बुधबार, १५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान