तेह्रथुमको आठराई पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । गाउँपालिकाभित्र पर्यटन विकासका प्रचुर सम्भावना भएकाले पर्यटन प्रवर्द्धन गर्दे पर्यटकीय हव बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ । यहाँका ऐतिहासिक धार्मिक र मौलिक संस्कृतिको जगेर्ना गर्दै पर्यटनको हवका रुपमा विकास गर्ने उद्देश्यले नै अहिले पर्यटन क्षेत्रमा धमाधम काम भई रहेको छ ।

प्राकृतिक रुपमा सुन्दर क्षेत्रको रुपमा मानिएको आठराई गाउपालिकाको झाँक्री गुफालाई पनि पर्यटकीय हवको रुपमा विकास गरीने भएको छ । यो झाँक्री गुफा परिसर भित्र भ्यू टावर, लव डाँडाँ, सिलाम्साक्मा, जुगे पोखरी, पैदल मार्ग, खेल मैदान, फुटबल स्तम्भ, सितल पाटी, राष्ट्रिय झण्डालगायतका पर्यटकलाई मोहित पार्ने भौतिक संरचनाहरु निर्माण गरिएका छन् ।

यसलाई आधुनिकीकरण गर्दे जाने दृष्टिकोणले निर्माणका काम पनि धमाधम हुन थालेका छन् । प्राकृतिक हिसाबले नै सुन्दर रहेको यो स्थानमा भौतिक पुर्वाधार निर्माणले अझ सुनमा सुगन्ध थपेको यहा घुम्न आउनुभएका छथर गाउपालिका–३ का फौदराज लिम्बुले बताउनुभयो ।

झाँक्री गुफा परिसर भित्रका धार्मिक, ऐतिहांसिक, प्राकृतिक रुपमा पर्यटकिय सम्भावना बोकेका क्षेत्रमा भौतिक पुर्वाधारका संरचना निर्माण गरिएका छन् । परापूर्वकालमा वनझाँक्री यही गुफामा बस्ने भएकाले यसलाई झाँक्री गुफा भनिएको स्थानीयवासीको भनाइ छ । गुफामा धामी झाँक्री र बूढीबजुहरुको मौलिक चित्र अध्ययनयोग्य देखिन्छन् । यो परिसरको संरचनाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मोहित पार्ने गरेको लालिगुराँस नगरपालिका–६ की सृजना सेनेहाङले बताउनुभयो । यो क्षेत्रमा प्राकृतिक, ऐतिहासिक, धार्मिक र साँस्कृतिक रूपले समेत सम्भावनायुक्त रहेकोले स्थानीय तहले उच्च महत्वका साथ पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि भौतिक संरचना निर्माणको कार्यलाई तिव्रता दिएको हो ।

झाँक्रि गुफा क्षेत्रलाई जिल्ला कै नमुना पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्रम अगाडि बढाएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । ७ वटा वडा रहेको आठराई गाउँपालिकालाई विकासको बागडोर मानिएको मध्यपहाडी लोकमार्गले समेत छोएको छ । सडक सञ्जालले यस पालिकाका सबै गाँउवस्तीलाई जोडेको छ । अदुवा, अचैली लगायतका नगदेवाली प्रमुख आम्दानीको श्रोत मानिएको यहाँका नागरिकहरुका लागी पर्यटकिय क्षेत्रको विकास र प्रवर्द्धनले आर्थिक उपार्जनमा समेत टेवा पुर्‍याउने देखिन्छ ।

बुधबार, १५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा