सिर्सिया नदी प्रदूषित गर्ने ५ वटा उद्योग कारवाहीमा परेका छन् । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदीलाई प्रदुषित बनाउने ५ वटा उद्योगलाई कारवाही गर्दै १५ लाख रुपैयाँ जरिवाना गरेको छ ।

महानगरपालिकाले वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा रहेका ५ वटा उद्योगलाई ३/३ लाखका दरले जरिवाना गरेको हो ।

वीरगन्ज महानगरपालिका–२१ मा रहेको ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा –३२ मा रहेको दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई जरिवाना गरिएको हो ।

नदी प्रदूषित गरेका ५ वटै उद्योगलाई मंगलबार पत्राचार गर्दै ७ दिनभित्र जरिवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

७ दिनभित्र जरिवाना बापतको रकम नबुझाएमा प्रचलित कानुनअनुसार ती उद्योगहरू विरुद्ध थप कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको पत्रमा उल्लेख छ ।

महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदी प्रदूषित गर्ने उद्योगहरूलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताउनुभयो ।

यसअघि महानगगरले १६ फागुनमा उद्योगहरूबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १/१ हजार रुपैया जरिवाना तिराएको थियो ।

करिब ३ दशकदेखि प्रदूषणको चपेटामा परेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन महानगरपालिकाले विगत २ महिना यता अभियान चलाइरहेको छ ।

अभियान अन्तर्गत नै महानगरले उपप्रमुखको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले पटक पटक अनुगमन गरेको छ ।

अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरूले त्यहाँबाट निस्कने फोहोर (रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु) सिधै नदीमा फाल्दै आएको भेटिएको थियो ।

बाराको सिमराभन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको र्सिसिया नदी वीरगन्ज सहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ ।

औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिँदा दुर्गन्धित बनेको हो ।

नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब १दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन् ।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले नदी अनुगमन समिति गठन गरेको थियो ।

समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदूषणको कारक उद्योगहरू नै रहेको उल्लेख थियो । प्रतिवेदनमा नदी प्रदूषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरूको नामै किटान गरिएको थियो ।

समितिको प्रतिवेदनमा नदी प्रदूषित बनाउनेमा औद्योगिक करिडोरका ४६ वटा उद्योगहरूको नाम किटान गरिएको थियो ।

समितिले २२ मङ्सिर २०६७ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई प्रतिवेदन बुझाएको थियो । नदीको प्रदूषण रोक्न माग गर्दै १ दशकयता विभिन्न संघसंस्था र अभियन्ताहरूले निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आइरहेका छन् ।

मङ्लबार, १४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा