सुनसरीकी २२बर्षिया आईशा खातुनको धोको अहिले पुरा भएको छ । सधै कालोे बुर्कामा ढाकिएर बस्नु पर्ने उन्ले खातुन अहिले चर्चामा छिन् । अहिले एयर होस्टेजको ड्रेसमा देखिन्छिन् । मुस्लिम परिवारमा जन्मिएकी उनी खुला आकाशमा उडीरहेकी हुन्छीन् । परम्परा र नियमलाई केही पर राखेर सामाजिक महत्व बुझ्ने प्रयासमा लागेकी उनी अहिले एयर होस्टेज भएपछि चर्चामा छिन् ।

समुदायबाट बाहिर आएपनि समुदायको नियम र परम्पराका कुरामा भने उन्को रुची नै छ । आफनो सामाजिक रितलाई भने भुल्नु हुँदैन् भन्ने उन्को भनाई छ । साथिभाईको साथ सहयोग नै आफनो जीवनको महत्वपूर्ण अवसर भएको बताउने आईशा अहिले आधुनिक युगको आईशा बनेकी छिन् । जसका लागि उनलाई सबैले साथ दिएका रहेछन् । यति एयरलाइन्सको जहाजमा उड्दा आफना प्यासेन्जरहरुलाई कसरी सर्व सुलभ सेवा कसरी दिने भन्ने उन्को ध्याउन्न हुन्छ ।

अहिले आफनो समुदाय अर्थात मुस्लिम समुदायबाट नेपाल मै पहिलो मुस्लिम एयर होस्टेसको रुपमा आफनो नाम दर्ज गर्न पाउँदा उनमा खुशीको कुनै सिमा छैन् । जहाजमा परिचारिका भएर उडिरहेकी उनी मुस्लिम समुदायमा स्वतन्त्रता पाउँदा महिलाले लक्ष्य हासिल गर्न सक्छन् भन्ने उद्धाहरण मात्र नभई भावि पुस्ताका लागि प्रेरणा समेत बनेकी छिन् ।

सामाजिक सेवालाई पनि उत्तिकै महत्वका साथ लिने आईशाले सामाजिक सेवाको माध्यम भने लियो क्लवलाई बनाएकी रहेछिन् । लियो क्लवको माध्यमबाट समाजमा केही गर्न सकिन्छ भनेर लागेकी आईशाले लियोको विभिन्न पदमा रहेर कार्य गरिरहेकी छिन् ।
आफनो समुदायको लागि केही गर्नु पर्छ भन्ने भित्री मनसाय राखेकी आईशाले मोरंग मुस्लिम समाजको स्वास्थ्य बिभागको प्रमुख भएर पनि कार्य गरिसकेकी रहेछिन् ।

अहिले खुल्ला आकाशमा उड्ने जागीरेका कारण अलि बेफुर्सदीलो देखीएकी आईशा उनको समुदायको लागि एउटा ठूलो उदाहरण बनेकी छिन् । स्वास्थ्य बिज्ञानको अध्ययन गरेकी आईशाले गीता एभियसन बाट हवाई परिचारीकाको कोर्ष कमप्लिट गरेकी हुन् । मुस्लिम महिला भएर पनि समाजमा कसरी आफूलाई कसरी रुपान्तरीत गर्न सकिन्छ भनेर लागिरहने आईशा आफूलाई आधुनिक परिवेशमा ढाल्न सकेकोमा खुशीछन् ।

साथिभाईले साथ दिदा यहाँसम्म आईपुगे उन्ले भनिन् । समुदायबाट टाढा रहेर यो क्षेत्रमा आफूलाई उभ्याउन सफल भएकी आईशा यो क्षेत्रमा छाप बसाउन धेरै मेहनत गरेको बताउछिन् । सुनसरीको थातथलो भएकी आईशा अहिले निकै व्यस्त हवाई परिचारीका बनेकी छिन् । हवाई परिचारिका उन्को पेशा र जिम्मेवारी भए पनि उनी समाजसेवीका रुपमा चिनिन चाहन्छिन् ।

सोमवार, १३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा