खानेपानीको चरम समस्याले खोटाङको एउटा गाउँ रित्तिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित पुरानो गाउँ खानेपानीको समस्याले रित्तो भएको हो ।

करिब ५५ घर परिवार बसोबास गर्ने पुरानो गाउँमा अहिले जम्मा ४ घर मात्र बाँकी रहेका छन् । ५१ घर परिवार पुरानो गाउँबाट बसाइसराइ गएपछि अहिले गाउँ बनमारा घारीले घेरिएको छ । प्रायः घरहरू लडिसकेका छन् भने केही घर लड्न तरखरमा छन् । मानिसको बसोबास हुँदासम्म मकै, गहुँ, गहत, दाल प्रशस्त फल्ने बारीमा अहिले सेतो बनमारा मात्र भेटिन्छ ।

सगरमाथा राजमार्गले छोए पनि खानेपानीको समस्याले ग्रसित पुरानो गाउँवासी अन्ततः गाउँ छाड्न बाध्य भएका हुन् । अहिले उक्त गाउँमा बस्दै आएका चार घरमध्ये एक घरमा बस्दै आउनु भएका नवराज रेग्मी बाध्यताले मात्र बस्नु परेको बताउनुहुन्छ ।

महंकला आधारभूत विद्यालयको प्रधानाध्यापकसमेत रहनु भएका रेग्मी घरमा एक्लै बस्दै आउनुभएको छ । उहाँले परिवारका अन्य सदस्य अन्यन्त्र ठाउँमा बसाइसराई गइसकेको र आफू बाध्यताले मात्र बसेको बताउनुभयो ।

सोही गाउँमा बस्दै आउनु भएका हर्कराज कार्कीको परिवार बाख्रा पालनका लागि बसेको बताउनुहुन्छ । ‘‘प्रायः सबै गाउँ छाडेर गइसके, केही घर छौँ, त्यो पनि बाध्यताले मात्र बसेका छौँ । रेग्मीटारमा घर बनाइसकेका छौँ, तर यहाँ बाख्रा पालनका लागि मात्र बस्दै आएका छौँ ।’’ कार्कीले भन्नुभयो ।

पुरानो गाउँ छाडेर जाने मुख्य कारण खानेपानी नै रहेको उहाँको भनाइ छ । केही पर रहेको कुमाले गाउँ अवस्थित मसाने खोलाको पानी ल्याएर पुरानो गाउँवासीले प्रयोग गर्दै आएका थिए । पिउनका लागि दिनको दुई/दुई गाग्री मात्र पानी भर्न पाए पनि गाईवस्तुलाई दिन, नुहाउन, कपडा धुनका लागि करिब दुई/तीन घण्टा हिँडेर साप्सु खोला पुग्नु पर्ने बाध्यता थियो । पिउनका लागि दुई गाग्री पानी लिए बापत पानीको मुहान धनीलाई धान दिनु पर्ने नियम थियो ।

गाउँ नजिक पानीका मुहान नभएर खानेपानीको चरम समस्या भोगिरहेका पुरानो गाउँवासी एकाएक गाउँ छाडेर हिँडेका छन् । केही परिवार उदयपुरको गाईघाट र विराटनगर लगायत अन्य स्थान गएका छन् । केही परिवार भने राजापानीकै पुछार रेग्मीटार गएका छन् । अधिकांश व्यक्तिको भूकम्पबाट पुनर्निर्माणमा घर परेपछि रेग्मीटारमा घर बनाएर गएका छन् ।

पुरानो गाउँ (कटहरे) मा बस्दै आउनु भएका अर्का परिवार कमलराज रेग्मीको परिवारलाई भने ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाको भर रहेको सुनाउनुहुन्छ । घर नजिकै जलविद्युत आयोजनाको सब-स्टेशन रहेकाले केही आशाले बसेको रेग्मी बताउनुहुन्छ ।

सगरमाथा राजमार्गले छोएको पुरानो गाउँमा अहिले दैनिक सवारी साधन ओहोरदोहोर गर्छन् । विद्युतको सुविधा पुगेको छ, स्थानीय सरकारले गाउँ भित्र सडकको ट्र्याक पनि खनिदिएको छ । अहिले थोरै घर भएपछि खानेपानीको समस्या पनि केही हदसम्म समाधान भएको छ । तर बस्ती भने रित्तिएको छ । खेतीयोग्य बारी बनमारा घारी भएका छन् ।

सोमवार, १३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे