सुनसरीको भोक्राहाका जब्बासा मियाले भने जस्तो काम र कमाई नभएपछि विदेशबाट नेपाल फर्किनुभएकाे थियाे ।

तर जब्बासा यतिबेला भने आफैँ मालिक हुनुहुन्छ । इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थाल्नुभएका उहाँ तेस्रो वर्षमा खेती गरिरहनुभएको छ । जसले उहाँलाई करोडपति बनाइसकेको छ ।

मौसमी खेती गर्दै आउनुभएका उहाँले यतिबेला खेतमा काँक्रो र भान्टा फलाउनुभएको छ । भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागशब्जीको उत्पादन बेच्न उहाँलाई भ्याई नभ्याई छ । उहाँले मासिक २० हजारसम्म तलब दिएर २० जना कामदारलाई रोजगारी समेत दिनुभएको छ ।

आफ्नो खेती र किसानी पेशामा दङ्ग उहाँ उब्जाउलाई विस्तार गर्ने सोचमा हुनुहुन्छ । विदेशमा भने जस्तो नभएपछि फर्केर किसानी पेशामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आम्दानी गर्ने गरेको बताउनुहुन्छ । जसबाट घर खेत जोड्दै गएको उहाँले बताउनुभयो।

जब्बासाले उत्पादन गरेको तरकारी अधिकांश जसो पूर्वका ठूला बजारमा पुग्ने गर्छ । तर पनि स्थानीय बजारमा भारतीय व्यापारीको राेजाइका कारण उहाँ खुशी हुनु भएकाे छैन । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मार्कामा पर्ने गरेको उहाँको दुखेसो छ ।

उहाँले सरकार समक्ष साना किसानहरुलाई पनि सहयाेग गरी दिन माग समेत गर्नुभएकाे छ ।

शनिबार, ११ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान