Trending
सुनसरीको भोक्राहाका जब्बासा मियाले भने जस्तो काम र कमाई नभएपछि विदेशबाट नेपाल फर्किनुभएकाे थियाे ।
तर जब्बासा यतिबेला भने आफैँ मालिक हुनुहुन्छ । इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थाल्नुभएका उहाँ तेस्रो वर्षमा खेती गरिरहनुभएको छ । जसले उहाँलाई करोडपति बनाइसकेको छ ।
मौसमी खेती गर्दै आउनुभएका उहाँले यतिबेला खेतमा काँक्रो र भान्टा फलाउनुभएको छ । भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागशब्जीको उत्पादन बेच्न उहाँलाई भ्याई नभ्याई छ । उहाँले मासिक २० हजारसम्म तलब दिएर २० जना कामदारलाई रोजगारी समेत दिनुभएको छ ।
आफ्नो खेती र किसानी पेशामा दङ्ग उहाँ उब्जाउलाई विस्तार गर्ने सोचमा हुनुहुन्छ । विदेशमा भने जस्तो नभएपछि फर्केर किसानी पेशामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आम्दानी गर्ने गरेको बताउनुहुन्छ । जसबाट घर खेत जोड्दै गएको उहाँले बताउनुभयो।
जब्बासाले उत्पादन गरेको तरकारी अधिकांश जसो पूर्वका ठूला बजारमा पुग्ने गर्छ । तर पनि स्थानीय बजारमा भारतीय व्यापारीको राेजाइका कारण उहाँ खुशी हुनु भएकाे छैन । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मार्कामा पर्ने गरेको उहाँको दुखेसो छ ।
उहाँले सरकार समक्ष साना किसानहरुलाई पनि सहयाेग गरी दिन माग समेत गर्नुभएकाे छ ।