Trending
प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यो घोषणा गरेका हुन् । उनले सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताए । ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वको लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ ।
प्रजातन्त्रको सुदृढीकरण र जनसमुदायमा लोकतान्त्रिक चेतनाको विकासमा सामुदायिक रेडियोले महत्वपूर्ण योगदान पु¥याएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
संविधान र लोकतन्त्रमाथि गरिएका प्रहारको विरुद्ध र लोकतान्त्रिक प्रणालीको विकासमा रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भाषिक र सांस्कृतिक विविधताको संरक्षण र संवर्द्धनमा समेत रेडियोको पहलकदमी स्मरणीय रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गर्दै सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँचमा पु¥याउन सरकार प्रतिबद्ध रहेकोसमेत बताए ।