Trending
नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज १३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याउनुभएको योगदानको स्मरण गर्दै मंगलबार नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १३ औं स्मृति दिवस मनाउँदै छन् ।
राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला १९८१ सालमा भारतको टेडीमा उहाँको जन्म भएको थियो । चार पटक प्रधानन्त्री बन्नुभएका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यबाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हाल्नुभएको थियो ।
सशस्त्र युद्धमा रहेको माओवादीलाई शान्ति प्रकृयामा ल्याउन तथा पछिल्लो राजनीतिक परिवर्तनमा कोइरालाको उल्लेख्य भूमिका छ । उहाँ २०६२र६३ को दोस्रो जनआन्दोलनका कमान्डर हुनुहुन्थ्यो ।
कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।