Trending
कृषि क्षेत्रमा दिइएको अनुदान कटौती गरी रासायनिक मल र दूधको मूल्यवृद्धि गरिएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जनतालाई राहत दिनेगरी कार्यक्रमहरु ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले मलमा दिएको अनुदान कटौती गर्दा किसानलाई थप मार परेको भन्दै मल र दूधको मूल्यवृद्धि घटाउन सरकारसँग माग गर्नुभयो ।
आर्थिक अवस्थालाई लयमा फर्काउन विशेष कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउदै सांसदहरुले वित्तीय संस्थाको चर्को ब्याजदरका कारण लाखौँ जनता सुकुम्बासी हुने अवस्थामा पुगेको तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।