गल्याङ नगरपालिका ७ मा रहेको पर्यटकीय सुनपोखरी डाँडा प्रचारप्रसारको अभावमा ओझेलमा छ । झट्ट हेर्दा पाल्पाको श्रीनगरको डाँडा जस्तै देखिने सुनपोखरीको आफ्नै पुरातात्विक महत्व छ ।

यहाँबाट देखिने धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्णाका हिमशृङ्खलाहरुले सबैको मन लोभ्याउँछ । सल्लाका फेदमा बनाइएको बस्ने ठाउँ, संरक्षण गरेर राखिएको पुरानो चौतारी, मन्दिर, पोखरी, भ्युटावर तथा ओढारमा रहेको गणेश आकृतिको चट्टान आर्कषक देखिन्छ ।

वि.सं २०४५ साल अगाडि गौचरन रहेको सुनपोखरी डाँडा अहिले हरियाली र मनामोहक बनेको सुनपोखरी डाँडाका संरक्षण संयोजक दानबहादुर थापाले बताउनुभयो ।

२०५० सालसम्म वृक्षरोपण गरेर हरियाली बनाइएको डाँडा विस्तारै पिकनिक स्पटको रुपमा परिणत भएकाे हो । यहाँका भौतिक संरचनाहरु केहीमा स्थानीयले श्रमदान गरेका छन् भने तत्कालीन वन तथा भूसंरक्षण कार्यालयले पनि सहयोग गरेको थियो ।

सङ्घीय संचारना प्रणाली लागु भएपछि गण्डकी प्रदेशबाट १० लाख बजेट विनियोजन भएपछि उक्त डाँडामा ती संचरनाहरु निर्माण गरिएको हो । पछिल्लो समय गाउँका युवा विदेश पलायन हुने तथा बजारतिर स्थानान्तरण हुँदा गाउँका पर्यटकीय ठाउँहरुलाई प्रचारमा ल्याउन नसकिएको स्थानीय युवा उमेश दर्लामी बताउनुहुन्छ ।

डाँडामा रहेको मन्दिर तथा गाउँमा रहेका अन्य मन्दिरहरु गरी सात वटा मन्दिरमा चण्डी पूर्णिमाका दिन एकैपटक पूजा गरिने ऐतिहासिक महत्व रहेको छ । पहिले सुँगुर तथा बँदेलहरु पाइने पाइन्थे र सुँगुर तथा बँदेलले उधिनेर खाल्टो बनेको र खाल्टोमा पानी जम्मा भई पोखरी बनेपछि सुनपोखरी नामकरण भएको मानिन्छ ।

सुनपोखरी डाँडामा विभिन्न आमा समूह, क्लबहरु, विद्यालयहरु पिकनिकका लागी जाने गरे पनि उचित व्यवस्थापन भने हुन नसकेको दर्लामीले बताउनुभयो । पिकनिकका लागी जानेहरुलाई पिउने पानी, दाउरा, भाडाकुँडा, विजुलीको व्यवस्थापन गरिए पनि दीगो व्यवस्थापन हुन सकेको छैन । छेउमै रहेको ओढारमा गणेश आकृत्तिको चट्टान मा स्थानीयले पुजा अर्चना गरिने भए पनि ओढारसम्म जाने बाटोको उचित व्यवस्थापन हुन नसकेको हो ।

मगर संस्कृतिको समेत जर्गेना गर्दैै उद्यानको रुपमा विकास गर्न बजेट अभाव भएको उहाँको भनाइ छ । सुनपोखरीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिए स्थानीयको आयआर्जनमा समेत वृद्धि हुने देखिएको छ ।

आइतवार, ५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे