सरकारले रासायनिक मलमा अनुदान घटाएपछि बागलुङका पालिका र सरोकारवाला निकायले मलको मूल्य बढाएर नयाँ सूची कायम गरेका छन् । बागलुङ नगरपालिकाको अगुवाईमा सरकारको आधिकारिक बिक्रेता साल्ट ट्रेडिङ कर्पोरेसन, कृषि ज्ञान केन्द्र, खुद्रा बिक्रेता तथा किसान सहकारीका प्रतिनिधिसमेतले नयाँ मूल्यसूचि कायम गरेका हुन् ।

नयाँ बिक्री मूल्यअनुसार अब किसानले युरिया प्रतिकेजी ३४ रुपैयाँ, डीएपी प्रतिकेजी ५९ रुपैयाँ र पोटास प्रतिकेजी ४९ रुपैयाँमा पाउनेछन् । सरकारले युरियामा प्रतिकेजी ११, डिएपीमा ७ र पोटासमा प्रतिकेजी ९ रुपैयाँ मूल्य बढाएको थियो ।

सरकारले यसअघि रासायनिक मलमा ७० प्रतिशत अनुदान दिएको थियो । यो अनुदानअनुसार सरकारले युरियामा प्रतिकेजी १४ रुपैयाँ, डिएपी प्रतिकेजी ४३ र पोटास प्रतिकेजी ४० रुपैयाँमा बिक्री गरेको थियो । तर ढुवानी र व्यवस्थापन खर्चसहित साल्ट ट्रेडिङले १९ रुपैयाँ प्रतिकेजी युरिया बिक्री गर्थ्यो । व्यवसायीले प्रतिकेजी ४ रुपैयाँ नाफा खाएर २३ रुपैयाँमा बेच्दै आएका थिए । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङकालागि साल्ट ट्रेडिङ र कृषि सामाग्री संस्थानले मल बिक्री गर्दै आएका छन् ।

साल्ट ट्रेडिङका प्रमुख मनोज श्रेष्ठका अनुसार यहाँ वार्षिक १ लाख क्विन्टल मल बिक्री भइरहेको छ । सरकारले कोटा प्रणालीमा पहाडी जिल्लामा थोरै मात्राको मल बेच्ने गरेको छ । साल्टट्रेडिङमा रहेको मल बढेको मूल्यमा बेच्ने र बिक्रेताले लगेको स्टक सामान भने पुरानै मूल्यमा बेच्नुपर्ने गरी सरोकारवालाको बैठकले निर्णय गरेको बागलुङ नगरउपप्रमुख राजु खड्काले बताए । ‘बिक्रेताको भण्डारमा गइसकेको मल किसानले पुरानो मूल्यमै पाउनुपर्छ’ खड्काले भने, ‘बढेर आएकोमात्रै बढी मूल्य तिर्ने हो ।’ त्यसकालागि कृषि ज्ञान केन्द्र, नगरपालिका, उपभोक्ता मंच र साल्टट्रेडिङको प्रतिनिधि रहेको समितिले अनुगमन गर्ने छ ।

शनिबार, ४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे