file photo

काठमाडौं उपत्यकाको वायु अत्यन्त अस्वस्थकर बनेको छ । वायु प्रदूषण सूचकांक (एक्यूआई)ले देखाएको अपडेटअनुसार काठमाडौंका मुख्य चहलपहल हुने स्थानको वायुमा प्रदूषणको मात्रा १५० यूएस एक्यूआईभन्दा बढी देखिएको छ ।

आईक्यू एयरका अनुसार शुक्रबार मध्याह्न १२ः४५ बजे काठमाडौंको महाराजगञ्ज क्षेत्रको वायु प्रदूषणको मात्रा १७६ यूएस एक्यूआई छ । त्यस्तै, अमेरिकन एम्बेसी अगाडिको मापनयन्त्रले १६१ यूएस आईक्यू देखाएको छ भने कालीमाटी, कीर्तिपुर, बालकोटलगायतको क्षेत्रको प्रदूषणको मात्रा १५० भन्दा बढी देखिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार एक्यूआई ५० भन्दा बढी रहेको वातावरण मानव स्वास्थ्यका लागि घातक हुँदै जान्छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।

एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ्य मानिन्छ भने १५१ भन्दा माथि भए सबैका लागि अस्वस्थकर मानिन्छ । यो एक्यूआई जति बढ्दै गयो त्यति घातक हुने डब्लूएचओले जनाएको छ ।

शुक्रबार, ३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो