Trending
ली चियाङ चीनका नयाँ प्रधानमन्त्री बनेका छन् । चिनियाँ संसद् जनकंग्रेसले उनलाई हालै नयाँ प्रधानमन्त्री चुनेको हो ।
ली राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिन्छन् । राष्ट्रपति सी आफैँले लीको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
६३ वर्षीय ली व्यवसायीको हितमा काम गर्ने राजनीतिज्ञका रूपमा चिनिन्छन् ।