विदेशी पर्यटक आकर्षित गर्न भारतले आकर्षक योजना ल्याउने तयारी गरेको छ । फाइनान्सियल एक्सप्रेसका अनुसार भारतले विदेशी पर्यटकले खरिद गरेको सामानमा लागेको जीएसटी रकम फिर्ता दिने गरी भारत सरकारले तयारी अगाडि बढाएको छ ।

यस्तो प्रस्ताव लामो समयदेखि अगाडि बढाउने तयारी गरेपछि भारतले कानुन बनाएको थिएन । यो प्रस्ताव पारित भए भारत भ्रमणमा जाने विदेशी नागरिकलाई किनमेल सस्तो पर्नेछ ।

समाचारमा उल्लेख भए अनुसार सन् २०२४ देखि कार्यान्वयनमा ल्याउने गरी भारतले यस्तो तयारी थालेको हो । भारतमा भ्रमणको सिलसिलामा जाने विदेशी मध्ये नेपाल समेत अगाडि आउँछ । त्यसो त नेपाल आउने धेरै विदेशीको पहिलो नम्बरमा भारत पर्छ ।

सामान्यतया विदेशी नागरिकले गर्ने खरिदमा स्थानीय स्तरमा लाग्ने कर छुट दिने प्रचलन अन्य मुलुकमा कार्यान्वयनमा रहेको छ । पर्यटक स्वदेश फिर्ता हुने समयमा विमानस्थलमा यस्तो कर बापत तिरेको रकम रिफण्ड दिने गरिन्छ ।

भारतमा लाग्ने जीएसटी नपालमा लाग्ने मूल्य अभिवृद्धि कर जस्तै अप्रत्यक्ष कर हो ।

 

 

बिहिबार, २५ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे