Trending
आज सत्ता साझेदार आठ दलहरूको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक दिउसो चार बजे सुर हुनेछ । बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा सहमति जुटाउने प्रयास हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचनअघि नेपाली कांग्रेस लगायतका दलहरूसँग गठबन्धन गरेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारबाट बाहिरिएका थिए ।
अहिले अधिकांश मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहनुभएको छ ।