नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने औसत खर्चकाे बारेमा अध्ययन सुरु गरेको छ ।

राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । डिजिटल पेमेन्टमार्फत पर्यटकले गर्ने खर्चको तथ्यांक पत्ता लागे पनि नेपाल बसाइका क्रममा पर्यटकले गर्ने नगद खर्च तथ्यांकमा नसमेटिने भएकाले यस अध्ययनले पर्यटकले गर्ने खर्चको थप प्रस्ट तथ्यांक निकाल्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

अध्ययनका लागि ४० दिनको समयावधि तोकिएको छ । सो अध्ययनका लागि पर्यटन बोर्डका कर्मचारी र बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विद्यार्थीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा प्रश्नको फाराम भरेर दैनिक २ हजार नमुना संकलन गरिने उहाँले बताउनुभयो । सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको र सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गरेको सरकारी तथ्यांक बोर्डसँग छ ।

आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार सन् २०२१ मा प्रतिपर्यटकको औसत बसाइ अवधि १५ दशमलव ५ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ४८ अमेरिकी डलर रहेको देखिन्छ । उक्त खर्च सन् २०२० मा औसतमा खर्च प्रतिपर्यटक प्रतिदिन ६५ अमेरिकी डलर र बसाइ अवधि १५ दशमलव १ दिन पुगेको थियो । सन् २०२१ मा बसाइ अवधि वृद्धि भएर १५ दशमलव ५ दिन पुगेको छ ।

तर पर्यटकले गर्ने दैनिक खर्च भने ६५ अमेरिकी डलरबाट ४८ डलरमा सीमित छ । जुन सन् २०२० को तुलनामा २६.१ प्रतिशत कम हो । सन् २०२१ मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट १३ अर्ब ५० करोड ११ लाख रुपैयाँ बराबरको वैदेशिक मुद्रा आर्जन भएको देखिन्छ ।

सन् २०२१ मा नेपाल भित्रिएका पर्यटक मध्ये ६६ दशमलव ८ प्रतिशत बिदा तथा मनोरञ्जन, १० दशमलव ३ प्रतिशत पर्वतारोहण-साहसिक यात्रा-पदयात्रा, ७ दशमलव ४ प्रतिशत तीर्थयात्रा र १५ दशमलव ५ प्रतिशतले अन्य विभिन्न उद्देश्यले नेपाल भ्रमण गरेका थिए ।

आरोहण र सिकार गर्ने गरी आउने पर्यटक बढी खर्चालु पर्यटकमा गनिन्छन् ।रासस

शुक्रबार, १९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा