संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम यस वर्ष होटलमा आयोजना नहुने भएका छन् ।

मन्त्रालयले मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । यसअघि अर्थ मन्त्रालयले खर्च कटौतीको निर्णय गर्दै सबै संघीय निकायको चालु खर्च २० प्रतिशत कम गर्ने निर्णय लिएको थियो । यसको कार्यान्वयनका लागि पर्यटन मन्त्रालयले अब आफ्नो मातहतका सबै कार्यक्रम आफ्नै हलमा गर्ने निर्णय लिएको हो । त्यसका लागि पर्यटनले तीन वटा हल र त्यसको क्षमता समेत सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार अब सबै निकायले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन परिसर भित्रका हलहरु प्रयोग हुने भएका छन् । यहाँ २ सय क्षमताको एक र ५०र५० जना क्षमताका दुई वटा हल रहेका छन् । काठमाडौं उपत्यका भित्र तालिम, कार्यशाला गोष्ठी, समारोह तथा बैठक सञ्चालन गर्दा पर्यटन मन्त्रालय मातहतका निकायले यी हल प्रयोग गर्नुपर्ने भएको छ ।

मन्त्रालयका अनुसार कतिपय निकायले आफ्नो सभाहल र बैठकस्थल हुँदाहुँदै पनि भाडामा कार्यक्रम सञ्चालन गरिएको भन्दै सरकारी खर्चको मितव्ययीता तथा कार्यसम्पादन गर्न यस्तो निर्णय गरिएको हो । यसका लागि सभाहल र कार्यक्रमस्थल भएसम्म आफ्नो हल नै प्रयोग गर्न र सम्भव नभए सरकारी कार्यालयसँग समन्वय गरी हल प्रयोग गर्न समेत मन्त्रालयले आफ्ना निकायहरुलाई निर्देशन दिएको छ ।

शुक्रबार, २७ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे