जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरुको भनाइ छ । देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरु उत्पन्न हुनसक्नेप्रति सरकारलाई सचेत गराएका छन्। जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्यचक्रमा समस्या पर्नसक्ने हुँदा सरकारले खाद्य सुरक्षामा शतर्कता अपनाउन  सुझाव दिएका छन् ।

विज्ञहरुले सरकारले हिउँद याममा हुने खाद्यान्नहरुको समयमा नै जोहो गर्न पनि आग्रह गरेका छन् । हिउँदे अवधिमा औसत वर्षा ६०.१ मिलिमिटर हुनुपर्नेमा अहिलेसम्म ७.९ मिलिमिटर मात्रै वर्षा भएको विज्ञहरुले बताए । जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नको सुरक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले फागुन १६ गतेसम्मलाई हिउँदको अवधिको रुपमा मान्ने गरिए पनि सो अवधिभित्र पनि वर्षा हुने सम्भावना नरहेको जानकारी दिनुभयो ।

‘‘मङ्सिर १५ देखि फागुन १६ को अवधि हिउँदे अवधि हो । यस अवधिमा औसत वर्षा ६०.१ मिलिमिटर हुनुपर्ने हो । तर अहिलेसम्म वर्षाको हिसाबले हेर्ने हो भने ७.९ मिलिमिटर मात्रै वर्षा भएको छ । जुन १३.१ प्रतिशत मात्रै हो । यो भनेको लगभग ८६.९ प्रतिशत वर्षा भएको छैन । त्यस्तो अवस्थालाई खडेरीको अवस्था भनिन्छ ।,’’ उहाँले भन्नुभयो, ‘‘५० प्रतिशतभन्दा बढी रेनफल डेफसेन्सी भयो भने एक्युट डाउटको अवस्था भनिन्छ । फागुन १६ सम्म पनि कडा खालको वर्षा हुने सम्भावना छैन । त्यो नदेखिनुको कारण समुन्द्र सतहको तापक्रम अहिले औसतभन्दा कम छ ।’’

हिउँदे अवधिमा आवश्यक वर्षा नहुँदा आगामी दिनमा जलवायुजन्य विपदको जोखिम समेत बढेर जाने भएकाले सरकारले समयमा नै विपद् पूर्व सूचना र विपद् पूर्व तयारी गर्नुपर्ने आवश्यक रहेको विज्ञ उप्रेतीको भनाइ छ । उहाँले हिउँदमा वर्षा नहुँदा जीविकोपार्जनमा समस्या पर्नुका साथै बाली, परिस्थितिकीय प्रणाली, वन सम्पदामा समेत असर गर्ने बताउनुभयो ।

हिउँदे वर्षा नहुँदा वायु प्रदूषण बढ्नुका साथै भोकमरीको अवस्था सिर्जना हुनसक्ने खतरा रहेको छ । सरकारले समयमा नै खाद्यान्न जोहो गर्नुका साथै हिउँदे वर्षा नहुँदा पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पत्ति हुने नदीनालामा पानीको मात्रा कम हुने विज्ञ डा. उप्रेतीले बताउनुभयो ।

 

शुक्रबार, २७ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !