Trending
इस्लामी संघ नेपालले टर्की र सीरियाका भूकम्पपीडितकालागि संकलित पहिलो चरणको राहत सामाग्री आज पठाएको छ ।
इस्लामी संघ नेपालको पहलमा संकलित राहत सामाग्री टर्कीश एयरलाईन्स मार्फत आज पठाईएको हो । पीडितहरुकालागि आवश्यक राहत सामग्री न्यानो कपडा, ज्याकेट, स्वीटर,ट्राउजर, स्लिपीङ ब्याग, ब्लाङ्केटलगायतका सामाग्री आज त्यस तर्फ पठाईएको इस्लामी संघ नेपालले जनाएको छ ।
टर्की सरकार अन्र्तगतको संस्था एएफएडीले त्यहाँ राहत सामाग्री प्राप्त गरी बितरण गर्ने जनाईएको छ । टर्की र सीरियाका जनतालाई अप्ठ्यारो परेको परिस्थितिमा सहयोग गर्नु सबैको कतव्र्य भएकाले सहयोग जारी राख्ने पनि इस्लामी संघ नेपालले जनाएको छ ।
संघले बिभिन्न चरणमा आवश्यक खाद्यान्न, नुन, तेल लगायतका दैनिक उपभोग्य सामाग्री पठाउने जनाएको छ । संघले सबै नेपाली जनता र सम्बन्धित निकायसंग सहयोग गर्न पनि अपिल गरेको छ ।