धार्मिक पर्यटकीय गन्तव्य कैलाश मानसरोवर यात्रा खुल्ने भएको छ । तीन वर्षदेखि बन्द रहेको मानसरोवर तिब्बततर्फको नाका मे महिनाबाट सुचारु गर्न लागिएको हो ।

मानसरोवर यात्रा खुल्ला गर्न अन्तिम सम्झौताको तयारी भइरहेको एसोसिएसन अफ कैलाश टुर अपरेटर्सका उपाध्यक्ष कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

कैलाश मानसरोवर यात्रा बन्द हुँदा व्यवसायीसहित तीर्थ यात्रीहरू निराश बनेका थिए भने तिब्बतको नाका खोल्ने कुराले नयाँ सम्भावना र उत्साह बढाएको ढकालको भनाइ छ । यो यात्रा खुल्नासाथै नेपालमा पनि पर्यटकहरू बढ्ने छन् भने ट्राभल, होटेल व्यवसायी , मजदुर सबैले रोजगारी पाउनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

कैलाश मानसरोवर यात्रा नेपालको पर्यटकीय अफसिजन हुने गरेको छ । कैलाश यात्रा सञ्चालन गर्ने नेपाली कम्पनीले तिब्बतको विदेशी मुद्रा केन्द्रमा लगेर ६० हजार डलर डिपोजिट गर्न पर्ने कुराहरू आइरहेका छन् जुन नेपालको नियम कानुन विपरीत पनि रहेको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ “यस्ता कुराहरूमा नेपाल राष्ट्र बैङ्क को ध्यान जान जरुरी छ। राष्ट्रमा विदेशी मुद्राको संचिति कम भइरहेको यस समयमा विदेशमा लगेर एउटा कम्पनी ले ६० हजार डलर डिपोजिट गर्ने र सिन्डिकेट लगाउने कोसिस गर्ने काम नियम विपरीत र आपराधिक समेत छ । जताततै माफिया करण भइरहेको अहिलेको समयमा कैलाश यात्रामा पनि माफिया करण हुने हो भने धेरै व्यवसायी पलायन हुने अवस्था आउने छ । यसमा राज्यले नजर लगाउनु जरुरी छ ।”

कैलाश मानसरोवर जान भारतले नेपाली भूमि अतिक्रमण गरी सडक बनाइरहेको समाचार आइरहेका बेला चिनियाँ पक्षले कोभिड महामारीलाई देखाउँदै सीमा नाका बन्द गरेको थियो । कैलाश मानसरोवर यात्रा काठमाडौँ–ल्हासा हवाई मार्ग, काठमाडौँ–हिल्सा स्थल मार्ग, काठमाडौँ–केरुङ रुट, काठमाडौँ–तातोपानी रुट हुँदै जान सकिन्छ ।

बिहिबार, २६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे