Trending
एलआईसी नेपालका काठमाडौं शाखाबाट दिप्ती गौचनले आगामी २०२४ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल हुनुभएको छ । दिप्तीले एमडिआरटीको लक्ष्य पुरा गर्नुभएको हो । बीमा व्यवसायमै आबद्ध भएर सन् २०२४ को एमडिआरटी लक्ष्य पाउन सफल हुनुभएको हो ।
काठमाडौंमा रहेर काम गर्दै आउनु भएको दिप्ती बीमा व्यवसायमा लागेर छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल एजेन्सी म्यानेजर हुनुहुन्छ । बीमा क्षेत्रमा लागेर छोटो अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएकोमा कतिपय बीमा कम्पनीहरुले नुमना एजेन्सी म्यानेजरको रुपमा समेत दिप्तीलाई लिने गर्दछन् ।
अंग्रेजी क्यालेण्डरको जनवरी शुरुदेखि डिसेम्बर अन्त्यसम्ममा अभिकर्ताले हासिल गरेका व्यवसायीक लक्ष्यको आधारमा एमडिआरटी, सिओटी र टिओटी उपाधीबाट सम्मान गरिन्छ । एमडिआरटीमा तीन प्रकारका सदस्य हुन्छन् । एमडिआरटीको ६ गुणा भन्दा बढी बीमाशुल्क संकलन गर्ने अभिकर्ताले टीओटी अर्थात टप अफ द टेवलको उपाधि पाउनेछन् ।
एमडिआरटीको ३ गुणा बढी बीमाशुल्क संकलन गरेमा सीओटी अर्थात कोर्ट अफ द टेवल बन्न बन्न पाउँछन् । वर्षमा एमडीआरटी र सीओटीको मिटिङ एकपटक हुन्छ । यस्तै, टीओटीको मिटिङ् पनि अलग हुन्छ ।
यस्तो मिटिङ भने सबैभन्दा धेरै प्रिमियम संकलन गर्नेका लागि गरिएको हुन्छ ।