८ हजार मिटर माथिका १४ हिमाल नेपालमै भएको पाएसगै आरोहीलाई  चुनौती थपिएको सरोकारवालाहरुले बताएका छन । पर्यटन पत्रकार संघ नेपालले हालै काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा हिमाल तथा पर्वतारोहणका ज्ञाता आङ छिरिंङ शेर्पाले नेपालमै ८ हजार मिटर माथिका १४ वटा हिमाल रहेको पुस्टि गरेका छन् । यस अघि नेपालमा ८ हजार मिटर माथिका हिमाल ८ वटा मात्र रहेको र विश्वमा ८ हजार मिटर माथि १४ वटा हिमाल रहेको बिश्व मान्यता थियो ।

“नेपालमा रहेका आठ हजार मिटर भन्दा माथिका हिमालको अवस्था र हिमाली बातावरणमा परेको असर” बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल पर्वतारोहण संघका बरिस्ट सल्लाहकार तथा बिस्व पर्वतारोहण संघका मानार्थ सदस्य आङ छिरिङ शेर्पाले नेपाल सरकारले ८०००मिटर माथिको हिमालहरूको मापदण्ड पुरा भएका नेपालका १३ वटा हिमालहरू माग भए अनुसार सन १९४९ देखि नै नेपाल सरकारले आरोहणको लागि खुल्ला गर्दै सन् १९७२ सम्ममा त १३ वटै नेपालका ८००० मिटर भन्दा माथिका हिमालहरू आरोहण हुदै आयका छन् ।

नेपाल सरकारले यालुङ खाङ(८५०५) मिटर (हाल अन्तरराष्ट्रिय मान्यता प्राप्त छैन) हिमाल प्रथम आरोहण आनुमति सन् १९७३ सालको बसन्तमा जापानिज आरोहण दलको नेत्रृत्व गरेका हराऊ हिगचीलाई दिई उक्त दलका जापानिज नागरिकहरू युताका अगेरा र ताकोअ मात्सुदाले सन् १९७३ मे १४ का दिन यालुङ खाङको दक्षिण पश्क्षिम् मोहडाबाट सफल आरोहण गरेका थिए । यालुङ खाङ हिमाल हालसम्म ५३ आरोहिहरूले सफल आरोहण गरि सकेको तथ्याङ्क छ।

यालुङ खाङ वेस्ट(८०७७)मिटर नेपाल सरकारले सन् २०१४ मा आरोहणको लागि खुल्ला गरेर जाम्मा नेपालमा १४ वटा ८००० मिटर भन्दा माथिको हिमालहरूको आरोहण अनुमति नेपाल सरकारले दिदै आएको छ । नेपालका १४ वटा ८००० मिटर भन्दा माथिका हिमालमध्य १३ वटा हिमालको त सफल आरहण नै गरिसकेको छ । हालसम्मा यालुङ खाङ वेस्ट हिमालको सफल आरोहण भएको छैन । नेपालमा भएका १४ वटा ८००० मिटर भन्दा माथिका हिमालमध्ये ८ वटाले मात्र अन्तरराष्ट्रिय मान्यता पाएको छ । अन्तर्राष्ट्रिय मान्यता पाउन बाँकि रहेका हिमालहरु यालुंग खान्ग ८५०५मि , कन्चनजंघा माध्यम ८४७३मि , कन्चनजंघा साउथ ८४७६मि , यालुंगखांग वेस्ट ८०७७मि ,ल्होत्से मिडल ८४१३मि ,ल्होत्से सार ८४००मि रहेका छन् ।

नेपालमा रहेका १४ वटा हिमालले अन्तर्राष्ट्रिय मान्यता पाएमा नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने र समग्र नेपालको आर्थिक सम्मुनतिमा टेवा पुग्ने सिमाबिद बुद्दी नारायण श्रेष्ठले बताउनुभयो । उहाँले कन्चनजंघा माध्यम नेपाल इंडिया सीमामा पर्ने र ल्होत्से नेपाल चिन सीमामा पर्ने बताउनुभएको छ । दुइ देश बीचको सीमामा रहेका हिमालहरु छिमेकि मुलुकहरुले खुल्ला गरेर आरोहण गतिबिधि संचालन गरेता पनि नेपाल सरकारले खुल्ला नगर्दा नेपाललाई घाटा भएको बताउनुभयो।

पर्यटन पत्रकार संघ नेपालका अध्यक्ष देवी पन्तले ८ हजार मिटर माथिका थप ६ वटा हिमाल थपिय संगै आरोहीका लागि चुनौती थापियको बताउनुभयो । विश्वका १४ वटा हिमाल चढेर कीर्तिमान बनाएका आरोहीले थप ६ वटा हिमाल चडन नेपाल आउनु पर्ने र थप हिमालको आरोहण गर्नु पर्ने र जसका लागि नेपाल सरकारले थपियका हिमाललाई बिश्व मान्यता दिलाउन लाग्नु पर्ने बताउनुभयो ।

बुधबार, २५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !