सर्लाहीको बाग्मती नगरपालिक स्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा नेपालकै पहिलो जेटबोट संचालनमा आएसगै पर्यटकको घुइचो लाग्दै गएको छ । बागमती बगरमा बनाइएको बागमती फिसरी पन्ड (भरत ताल) मा पर्यटकहरूको चहलपहल बाक्लिएको छ। सर्लाही जिल्लाको बागमती नगरपालिकामा पर्ने यो कृत्रिम ताल हो।

पानी जम्नेबित्तिकै दैनिक पाँच सय आउने अनुमान गरिएको थियो। तर निर्माणाधीन अवस्थामै पनि आकर्षण धेरै बढेका र सोचेभन्दा धेरै पर्यटकहरू आउन थालेका छन । मेयर भरत थापाका अनुसार एक वर्षमा आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक ताल अवलोकनका लागि पुग्न थालेका छन्।

सुरूमा नगरपालिकाले सर्लाही र रौतहटको मात्रै जनसंख्या सोचेर वार्षिक १६ लाख पर्यटक लक्षित गरेको थियो। त्यति मात्र आउँदा पनि यो आयोजना सफल हुन्छ भन्ने विश्वास थियो। भारतको बिहार क्षेत्रबाट पनि सोचेभन्दा ठूलो संख्यामा पर्यटक आउन थालेको थापाको भनाइ छ।

अहिले यो ताल निर्माणाधीन अवस्थामै छ। १४०० मिटर लम्बाइको यो तालको हालसम्म ७०० मिटरमा पानी जम्मा भएको छ। बाँकी ७०० मिटरमा पनि पानी जमाउने योजना छ। थापाका अनुसार तालमा अहिले करिब १८ लाख घनमिटर पानी जम्मा भएको छ।

सोली आकारमा बनाइएको तालको बीच भागमा ७० फिट गहिरो छ। वरपर बाटोसहित एक सय एक विघा जग्गामा ताल हुनेछ। यहाँ मिनी क्यासिनो सहितको सुविधा सम्पन्न होटल बनाउन पनि थालिएको छ।

ताल र वरपर गरी भने लगभग अढाई सय बिघा जग्गा छ। वरपरको जग्गालाई पनि सौन्दर्यीकरण गरेर धार्मिक तथा पर्यटकीय स्थल विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ। अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई सही ढंगले व्यवस्थापन गर्न कठिनाइ भइरहेको थापाको भनाइ छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई कम्तीमा दुई दिन अड्याउने गरी ताल वरपर सौन्दर्यीकरण गर्न सकिए त्यहाका स्थानीयलाइ पनि फाइदा पुग्ने मेयर थापा बताउनु हुन्छ ।

ताल नजिकै जंगल सफारी सहितको चिडियाखानाको डिपिआर बन्दैछ। तालको बीचमा मिनी क्यासिनो सहितको आधुनिक होटल बन्दैछ। उत्तरतर्फ सुमेरू पर्वतको आकृति बनाउने तयारी छ। नेपालमा प्राकृतिक सुमेरू पर्वत छ। त्यस्तै कृत्रिम सुमेरू पर्वत बनाउने हाम्रो योजना हो,थापाले भन्नुभयो।

त्यस्तै महादेव र पार्वतीको मूर्तिसहित छुट्टै धाम निर्माण गर्ने पनि तयारी छ। त्यहाँ पुग्ने धेरैजसो पर्यटक हिन्दु धर्मावलम्बी भएका कारण पनि आकर्षण बढ्ने विश्वास नगरपालिकाले राखेको छ। ताल छिमेकी मुलुक भारतबाट नजिकै भएकाले त्यहाँबाट ठूलो संख्यामा पर्यटक भित्र्याएर आम्दानी गर्न सकिने मेयर थापाको तर्क छ।

यो तालबाट ४२ किलोमिटर पर पर्छ भारत। यहाँ मान्छेलाई अब एक दिन घुम्छु भन्दा नजिकै जाने ठाउँ थिएन। अब यहीँ भुलाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो,उहाँले भन्नुभयो।

 

 

मङ्लबार, २४ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे