Trending
राष्ट्रियसभाको आज (सोमबार)को बैठकले छुट्टाछुट्टै तीन वटा विधेयक पारित गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रस्ताव गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको हो ।
यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको तर्फबाट सञ्चार मन्त्री शर्माले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ बैठकको सर्वसम्मतिले पारित गरेको हो ।
यसैगरी, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पनि बैठकको सर्वसम्मतिले पारित गरेको हो ।
यसैबीच, अगामी शुक्रवार दिउँसो ३ः००बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने छ । उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।