सरकारले प्राथमिकतामा रहेका विभिन्न विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य थालेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकका सम्बन्धमा विभिन्न दलका सचेतकहरुसँग छलफल गर्नुभएको हो ।

छलफलका क्रममा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा नियमावलीलाई १५ दिनभित्र टुङ्गो लगाउने र यसअघि थाती रहेका विधेयकहरुलाई प्राथमिकता आधारमा अघि बढाउने सहमति भएको जानकारी दिनुभयो ।

संसद सुरु भएपछि प्राविधिक कार्यमा व्यस्त रहेकाले अव संसदलाई बिजनेश दिने विषयमा छलफल केन्द्रित भएको उहाँले बताउनुभयो।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदलाई व्यवस्थित गराउने र विधेकहरुलाई जनमुखी बनाउने तथा जनताका आवश्यकतासँग जोड्ने गरि विधेयकलाई अघि बढाउने विषयमा सवै दलहरुसँग छलफल गरिएको जानकारी दिनुभयो ।

सरकारले विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लैजाने तयारी गरेको छ ।

सोमवार, २३ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !