a}t8L, !( k’; M lxpFdf /dfpFb} cfGtl/s ko{6s a}t8Lsf] ;tafFem If]qdf ePsf] lxdkftdf /dfpFb} cfGtl/s ko{6s . lxpF v]Ngsf nflu lhNnf ;b/d’sfdnufot cGo If]qaf6 klg ko{6s cfpg] u/]sf 5g . t:jL/M ljgf]b l;+x lji6÷/f;;

हिमाली क्षेत्र र प्रकृतिको अवलोकन गर्ने पदयात्रीलाई गुणस्तरीय सेवा प्रदान गर्न रसुवाका पर्यटकीय पदमार्गमा सञ्चालित होटल तथा लजको सुदृढीकरण थालिएको भएको छ ।

दोस्रो ‘सिजन’अन्तर्गत लाङटाङ, गोसाइँकुण्ड तथा तामाङ सम्पदा मार्गअन्तर्गतका क्षेत्रमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन सुरु हुने समय नजिकिँदै गर्दा खाद्यान्न ढुवानी, लजका कोठामा रङरोगन र ‘बेड विस्तारा’ मर्मत अगाडि बढेको हो ।

विशेष गरी फागुनको पहिलो हप्तादेखि हिमाली पदयात्रामा पर्यटकको आगमन सुरु हुन्छ । हिमाली क्षेत्रको चिसो स्थानमा रातको सुताइ तातो बनाउन विगतको तुलनामा यस वर्ष धेरै व्यवस्थापन गरिएको पर्यटकीय होटल व्यवसायी संघले जनाएको छ ।

संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले मङ्सिर, पुस एवं माघ महिनाको तेस्रो हप्ता बित्दासमेत हिमपात नभएको र फागुनमा पर्न सक्ने हिउँ हेर्न र खेल्न पर्यटक बढ्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाहुनाको सुविधाका लागि होटल तथा लजको थप सुदृढीकरण गरिएको हो ।’

असोज, कात्तिक, मङ्सिर पहिलो र फागुन, चैत, वैशाख दोस्रो सिजनका रूपमा आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँकुण्ड, लाङटाङ एवं तामाङ सम्पदा मार्गको गतलाङ, नाकथली, थुमनलगायत क्षेत्रमा भ्रमण गरी प्राकृतिक छटाको अवलोकन गर्ने गरेको बताइएको छ ।

यस दोस्रो सिजनअन्तर्गत आन्तरिक मात्रै २५ हजार पर्यटक रसुवा पुग्ने स्थानीय व्यवसायीको अनुमान छ ।

पर्यटकका लागि धुन्चे, देउराली, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक तथा गोसाइँकुण्ड र लाङटाङका लागि ठुलोस्याफ्रु, बम्बो, लामा होटल, घोडा तबेला, लाङटाङ, क्याङ्जेनलगायत स्थानमा सयौँ होटल सञ्चालित छन् ।

पश्चिम लाग्दा तामाङ सम्पदा मार्ग र पूर्व लाग्दा लाङटाङ जाने मुख्य केन्द्रका रूपमा पर्यटकका लागि स्याफ्रुबेँसी स्थापित भएको छ ।

तामाङ सम्पदा मार्गको गतलाङ र वृद्विममा होमस्टे छन् भने नाकथली तथा थुमनमा होटल तथा लज सञ्चालनमा रहेका कारण स्थानीय स्तरका कृषि उपजबाट पकाइएका स्वादिष्ट भोजन पाहुनालाई खुवाइने अध्यक्ष गजुरेलले बताउनुभयो ।

सोमवार, २३ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान