राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरूको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।
बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफू र आफ्नो पार्टीलाई दिएको एक/एक भोटको महत्त्व राख्ने बताउनुभयो ।
बैठकले यद्यपि सरकारलाई दिएको समर्थन भने यथावत् राख्ने बैठकले निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् ।