दुर्लभ एकसिंगे गैंडा संरक्षणका लागि चितवनमा सम्मेलन सुरु भएको छ। पाँच एसियाली राष्ट्रको सम्मेलन चितवनको पटिहानीमा सुरु भएको हो।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, भुटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारी बैठकमा सहभागी हुनेछन्। प्राकृतिक संरक्षणमा लागेका विज्ञहरूले कार्यपत्र र अनुभव साट्नेछन्। आ–आफ्नो देशमा गैंडा संरक्षणका क्षेत्रमा भएका प्रगतिहरू प्रस्तुत गर्नेछन्। उनीहरूले आफ्नो देशमा भएका कामका बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन्। यसअघि पहिलो बैठक इन्डोनेसिया र दोस्रो बैठक भारतको दिल्लीमा भएको थियो।

बैठकमा भेनेजुएयला, संयुक्त अरब इमिरेट्स, केन्या, दक्षिण अफ्रिकालगायतका देशका संरक्षणकर्मीहरू छन्। गैंडा संरक्षणमा देखिएका चुनौती र भावी योजनाको विषयमा छलफल केन्द्रित हुनेछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा। महेश्वर ढकालले गैंडा संरक्षणमा देखिएका चुनौतीहरूका विषयमा बृहत् छलफल गरी आगामी योजनाहरू तय गरिने बताउनुभयो।

नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैंडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ।

आइतवार, २२ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !