नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता साझेदार दलहरुबीच खटपट सुरु भइसकेको बताउनु भएको छ ।

शनिबार पार्टीको केन्द्रीय कमिटीको पाँचौं बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको बताउनु भएको हो ।

उहाँले सरकारमा संविधानको विरोध गर्ने र राजतन्त्रको वकालत गर्नेहरु रहेकाले त्यो राम्रो संकेत नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भइसकेको छ । यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरु कुरामा होइन । देश सही दिशामा अघि बढछ कि बढदैन भन्नेमा छ।’

उहाँले रवि लामिछानेको नागरिकता प्रकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टीकाविरुद्ध जनताले बोल्न थालेका बताउनुभयो । उहाँले भन्नुभया ‘यो सरकारप्रति, अहिलेका मन्त्रीहरुप्रति मान्छे हिजो आशावादी थिए । अहिले निराश हुन थालेका छन् । भोट दिएर जिताउनेहरु नै उनीहरुको विरोधमा बोल्न थालेका छन् ।’

शनिबार, २१ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा