तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् ।

गौसंरक्षण केन्द्रमा बुढा भएर मरेका गाई तथा गोरु भोजनको लागि दिन थालेपछि गिद्धको बथान देख्न थालिएको हो । प्राकृतिक कुचीकारको रूपमा चिनिने गिद्ध संरक्षण गर्ने उद्देश्यले व्यास नगरपालिका–१०, दुम्सी, सिशुवा भतेरीमा गिद्धको लागि आहाराको व्यवस्था गरिएको छ ।

आहारा पाएपछि त्यस क्षेत्र वरपर विभिन्न प्रजातिका गिद्धहरूको बथान देख्न सकिन्छ । आहाराको कमी र विषाक्त आहारा भएकोले बिरामी हुने मर्ने जस्ता कारणले गिद्धहरू लोपहुँदै गएकाले गिद्धहरूको आहारको व्यवस्था गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

छाडा चौपायाले सडक अवरुद्ध गर्नुको साथै दुर्घटना समेत हुन थालेपछि व्यास नगरपालिकाको सहयोगमा स्थापना गरिएको शिवालय गौ संरक्षण केन्द्रमा मरेका गाईबस्तुलाई नगाडी सोही ठाउँ नजिकै मादी नदीको किनारको चौरमा यत्तिकै राखी दिन थालेपछि गिद्धहरू आउन थालेको निवर्तमान वडाध्यक्ष तथा शिवालय गौ संरक्षण केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो ।

वातावरण प्रदूषण हुन नदिई मानव जातिलाई सन्तुलित वातावरण निर्माण गर्नु गिद्धको प्रमुख भूमिका हुने डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताउनुभयो ।

केही वर्ष हराएपनि लोपोन्मुख अवस्थामा रहेको गिद्ध फेरि बथानमै देखिन थालेको सो ठाउँ स्थित शिसुवा भतेरी कृषि सहकारीका अध्यक्ष यज्ञ प्रसाद शर्माले जानकारी दिनुभयो । २० वर्षअघि सिनो छाड्ने ठाउँमा प्रशस्त गिद्धहरू भेटिने गरेका थिए । अग्ला सिमलका रुखमा गुँड लगाएका देखिथ्ये । तर बीचमा हराए पनि हाल आहारा पाउन थालेपछि फेरि देखिन थालेको शर्माले बताउनुभयो ।

गिद्धलाई स्थानीयले वातावरण सरसफाइ र दुर्गन्ध रोकथामको प्रतीकका रूपमा लिने गर्छन् । गिद्धले गाउँसमाज र वातावरणमा भएको फोहरमैला, सिनोलगायत बस्तुलाई प्रमुख आहारका रूपमा खाने झाडा पखाल जस्ता रोग समाजमा नफैलिएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।

विश्वमा ३२ प्रजातिका गिद्ध पाइने गरेकोमा एसियामा ९ र नेपालमा ८ प्रजातिका गिद्ध पाइने गरेका छन् । सानो खैरे, राज हिमाली, खैरे, हाडफोर डंगर, सुन र गोब्रे नेपाल पाइने बताइन्छ । गिद्धलाई वातावरण सन्तुलन र प्रदूषण नियन्त्रणको कूचीकारका रूपमा लिने गरिन्छ ।

 

शनिबार, २१ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा