प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका किसानको माग तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ ।

उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको घटनाप्रति चासो राख्दै प्रधानमन्त्री प्रचण्डले शनिबार किसानका माग सम्बोधन गर्न कृषि तथा पशुपन्छी मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

शुक्रबार चितवनका किसानले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेका थिए । यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई निर्देशन दिनुभएको हो ।

चिवतनमै रहनुभएकी मन्त्री साहलाई प्रधानमन्त्री प्रचण्डले सरोकारवाला किसानसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिनुभएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताउनुभएको छ ।

शनिबार, २१ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे