उत्पादित तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले नारायणगढका सडकमा तरकारी फालेका छन् । भारतीय तरकारीले नेपाली तरकारी बजार विस्थापित गरेको भन्दै किसानहरुले शुक्रबार विरोध स्वरुप नारायणगढका पुलचोकमा  तरकारी फालेका हुन् ।

समयमा मल बिउ नपाइने र उत्पादन तरकारी बिक्री नहुने जस्ता समस्याबारे सरकार मुगदर्शक भएको आरोप किसानहरुले लगाएका छन् । पश्चिम चितवनका किसान कृष्णराज पराजुलीले उत्पादित तरकारी बिक्री गर्न नसकेपछि बाध्य भएर सडकमा फाल्नु परेको गुनासो गर्नुभयो ।

“अहिले बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती छ । नेपाली तरकारीले बजार पाएको छैन ।,” उहाँले गुनासो गर्नुभयो, “खेतमा तरकारी कुहिएर जान्छ तार, सडकमा आएपछि त सबैको आखा पर्छ नि ।”

पूर्वी चितवन खैरहानीका किसान पूर्ण महत्तोले उत्पादित तरकारीको लागत मूल्य समेत नउठेको गुनासो गर्नुभयो । “खाडीमा जाम भने उमेर छैन बारीमा जाम भने लागत उठ्दैन ।,” उहाँले भन्नुभयो, “विचौलियाका कारण तरकारी बिक्री गर्न गाह्रो भयो । सरकारले हाम्रो कुरा सुनोस् भन्ने माग छ ।”

अहिले बन्दा पाँच रुपियाँ, फुल काउलि १० रुपियाँ, गाजर पाँच रुपियाँमा पनि बिक्री गर्न गाह्रो भएको उहाँले बताउनुभयो ।

शुक्रबार, २० माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !