रोटरी क्लब अफ महाराजगञ्जले कास्कीको माछापुच्छ«े गाउँपालिका–६ धितालमा रहेको भुमेश्वर माध्यमिक बिद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन गरीदिएको छ ।

रोटरी क्लब अफ महाराजगञ्ज र रोटरी क्लब न्यूयोर्क क््वीइनको सहयोगमा लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएको दुर्गम यो बिद्यालयको प्राङ्गणमा खानेपानी पुगेपछि बिद्यार्थी र शिक्षक खुशी भएकाछन् । कास्कीको दुर्गम क्षेत्रमा रहेको कारण भुमेश्वर बिद्यालयका बिद्यार्थीहरु आधारभुत सेवा पाउनबाट समेत बञ्चित रहेका थिए ।

रोटरी क्लब महाराजगञ्जका अध्यक्ष मञ्जु गुरुङले बिद्यालयमा पिउने पानी फिल्टरेशन प्लान्ट परियोजना हस्तान्तरण गरेको बताउनुभयो ।  उहाँले दुर्गम क्षेत्रमा रोटरी क्लबले सेवामुलक काम गरी रहेको र आगामी दिनमासमेत सहयोग गर्ने बताउनुभयो । खानेपानी हस्तान्तरणसंगै निशुल्क स्वास्थ्य शिबिरसमेत आयोजना गरीएको थियो । गण्डीकी मेडिकल कलेजको सहयोगमा आँखाका ३ सय २० जना बिरामीको निःशुल्क परिक्षण गरी औषधि बितरण गरीएको थियो भने २ सय १० थान चश्मा बितरण गरीएको थियो । त्यसै गरी दन्तरोग बिशेषज्ञद्धारा १ सय ७० जनाको निःशुल्क परिक्षण गरी परामर्शसमेत दिईएको रोटरी क्लब महाराजगञ्जका प्रेसीडेण्ट इलेक्ट कृष्ण गुरुङले जानकारी दिनुभयो ।

बिद्यालयमा अध्ययनरत ९६ जना बिद्यार्थीलाई खेलकुदका साथै स्वास्थ्य सामाग्री बितरण गरीएको थियो । कार्यक्रममा संघिय सांसद दामोदर बैरागीले रोटरी क्लब महाराजगञ्ले समाज सेवामा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । त्यसैगरी प्रेसीडेण्ट नोमिनी शुदर्शन भण्डारी, सचिव संगिता भण्डारी, रोटरियन प्रदिप पौडेललगायतको सहभागिता थियो । त्यसैगरी स्वास्थ्य चिकित्सक गण्डकी मेडिकल कलेजबाट बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी भोलन्टियर जमिला पार्कीनको पनि सहभागिता थियो । खानेपानी पुगेपछि बिद्यालयका बिद्यार्थीहरु पानी पिउन बाहिर जानु पर्ने बाध्यता मात्र हटेको छैन, शुद्ध खानेपानी पिउन पनि पाएकाछन् ।

जसले यो बिद्यालयको लामो समयदेखीको खानेपानीको समस्या पनि अन्त्य भएको छ ।

बुधबार, १८ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे