मौरी चरनका लागि ललितपुरको धापाखेलबाट बाग्लुङको कुँडुले फाँट आउनुभएका धर्मराज श्रेष्ठले एक हप्तामा तीन लाख बढीको मह उत्पादन गर्नुभयो । एक सय मौरीका घारसहित चरनका लागि आउनु भएका उहाँले तीन सय केजी मह उत्पादन गरेको बताउनुभयो । “मह प्रतिकेजी रू. एक हजार दुई सयकादरले तीन लाखभन्दा बढी आम्दानी भइसकेको छ, अहिले प्रत्येक साता मह काढ्छु”, उहाँले भन्नुभयो ।

मौरी चरनका लागि उपयुक्त कुडुँले फाँटमा यतिबेला तोरी फुलेको छ । तोरी फुल्ने मौसमका साथै मौरीका लागि उपयुक्त हावापनी भएकाले यहाँ महको उत्पादन दोब्बरले बढेको श्रेष्ठको भनाइ छ ।

“महको व्यावसायिक घार र प्रविधिको प्रयोगले मह काढिन्छ, उपयुक्त हावापानी र राम्रो चरन क्षेत्रका कारण मह उत्पादनमा राम्रो हुन्छ”, उहाँले भन्नुभयो, “अहिले कुडुँले फाँटमा एक सय घार मौरी चराउनका लागि एक हप्ताअघि ल्याएको थिए, एक हप्तामा तीन सय केजी मह उत्पादन भयो ।”

उहाँका अनुसार तीन सय केजीको बजार मूल्य रू. तीन लाख ६० हजार पर्दछ । मौरीको ढुवानी र आउन जान खर्च भए पनि चरन क्षेत्र राम्रो हुँदा निकै फाइदा भएको उहाँको भनाइ छ । “अझै दुई पटक मह काढ्न सकिन्छ, त्यसपछि यहाँका घार पुनः अर्को स्थानमा पु¥याउने हो, यही तोरी फुलेको सिजनमा एक सय घार मौरीबाट १० लाख कमाउन सकिन्छ” उहाँले भन्नुभयो । चरन क्षेत्र राम्रो भएकाले एक महिनामा तीन पटक मह उत्पादन गर्न सकिन्छ ।”

महको चाकालाई असर नपर्ने गरी मह निकाल्दा माहुरीले छिटो मह उत्पादन गर्ने मह किसानको अनुभव छ । राम्रोसँग फस्टाएको घारमा एकै पटकमा १० केजीसम्म मह उत्पादन भएको श्रेष्ठको अनुभव छ ।

श्रेष्ठले स्थानीयलाई समेत मौरीको व्यावसायिक उत्पादनका लागि प्रेरणा दिनुभएको छ । कुडुँले फाँट र म्याग्दीको रत्नेचौर फाँट अहिले तोरीका कारण प्रख्यात बनेपछि तोरीको बहुउपयोगिताका लागि मौरी चरन क्षेत्रका रुपमा लिइएको म्याग्दी चिम खोला घर भई हालै मात्र मौरीपालन व्यवसायमा लागेर मह उत्पादन कार्य अवलोकन गर्न बागलुङको कुडुँले फाँटमा आउनुभएको डविन पुनले बताउनुभयो ।

पुनले हालैबाट ३१ वटा मौरीका घार म्याग्दी नगरपालिका–१ रत्नेचौरको तोरीबारीमा चराउनका लागि राख्नुभएको छ । “म नयाँ किसान हुँ । कुडुँले फाँटमा अहिले ललितपुरबाट मौरी चराउन ल्याइएको थाहा पाए पनि सिक्नका लागि यहाँ आएको छु, मैले ३१ घार मौरी अहिले रत्नेचौर तोरी बारीमा राखेको छु ।” पुनले भन्नुभयो । विसं २०५१ सालदेखि मौरीपालन गर्दै आउनुभएका ललितपुरका धर्मराज श्रेष्ठले कुडुँलेमै मौरीपालनका धेरै कुरा सिकाउनुभएको र उपयुक्त हावापानी र चरन क्षेत्र राम्रो भएमा मह उत्पादनबाट मनग्य आम्दानी गर्न सकिने रहेछ भन्ने आफूले बुझेको बताउनुभयो ।

ललितपुरका श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घारहरुसमेत बिक्री गर्दै आउनुभएको छ । उहाँले प्रतिघार १२ हजारमा बिक्री गर्दै आउनुभएको छ । माउन्टेन मौरी कन्सर्नले मौरीसहितका घारहरु बिक्रीबाट मह बिक्रीको तुलनामा बढी फाइदा गर्दै आएको छ ।

“पहाडी क्षेत्रमा चरेका मौरीको मह आर्गानिक र स्वस्थकर मानिन्छ”, उहाँले भन्नुभयो, “मैले उत्पादन गरेको मह जापान निर्यात हुन्छ । बागलुङमा मौरीपालनको व्यवसाय फष्ठाउने संभावना रहेछ, आगमी वर्ष समेत मौरी चराउन यही ल्याउने योजना बनाएको छु ।”

उहाँले बागलुङ जिल्लामा पहिलोपटक मौरी लिएर आएको भएपनि अहिले हाम्रो मौरीका घार सिन्दुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काठमाडौको विभिन्न स्थानमा पु¥याएको जानकारी दिनुभयो । मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा समझदारी गरिने श्रेष्ठको भनाइ छ । रासस

बुधबार, १८ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !