पानी नपरेपछि पाँचथरलगायत पूर्वी पहाडी जिल्लाका अलैँची किसानहरू चिन्तित भएका छन् ।

हिउँद याम लागेयता पानी परेको छैन । पानी नपर्दा कृषिजन्य उत्पादनमा प्रत्यक्ष असर परेको छ । माघ १५ गतेसम्म पनि पानी नपर्दा अलैँची किसानलाई चिन्ता बढेको हो ।

अलैँचीमा फल लाग्नुभन्दा पहिला यो समयमा अलैँचीको टुसा लाग्ने गर्दछ । यतिबेला अलैँचीलाई पानीको धेरै आवश्यकता पर्ने हुनाले पानी नपरेपछि पाँचथरसहित ताप्लेजुङ, इलाम, तेह्रथुम , धनकुटा लगायतका पूर्वी पहाडी जिल्लाका किसानहरू निरास बनेका हुन् ।

अलैँचीको बोट मर्छ कि भनेर चिन्ता रहेको फालेलुङ गाउँपालिका–८का किसान यामकुमार लिम्बूले बताउनुभयो । हिउँदमा अलैँचीको बिरुवाले जति बढी पानी पायो पछि त्यति नै राम्रो फल दिने भएकाले माघ महिनामा पानी परे धेरै फाइदा पुर्‍याउने किसान बताउँछन् ।

पाँचथर जिल्लामा प्रमुख नगदेबालीको रूपमा अलैँचीलाई लिइन्छ । जिल्लाको फालेलुङ गाउँपालिका, याङवरक, मिक्लाजुङ र फिदिम नगरपालिकाका केही ठाउँ अलैँची उत्पादनको पकेट क्षेत्र हुन् ।

अलैँचीको भाउ बर्सेनी ओरालो लाग्दै गएपछि यस खेतीबाट कृषकहरू विस्थापित हुँदै गएका छन् । माघ १८ गतेसम्ममा जिल्लामा अलैँची प्रतिमन २७ देखि २९ हजार रुपैयाँसम्ममा कारोबार भइरहेको अलैँची व्यवसायी खेम अधिकारीले बताउनुभयो ।

बुधबार, १८ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो