बाँकेको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको गाभरको सौन्दर्य अवलोकनका लागि चक्रपथ निर्माण गरिने भएको छ ।

बैजनाथ गाउँपालिका १ चिसापानीका वडा अध्यक्ष रूपबहादुर मल्लले गाभर उपत्यकालाई चारैतिरबाट समेट्ने गरी करिब १० किलोमिटर चक्रपथ निर्माण कार्य अघि बढेको जानकारी दिनुभयो । “करिब २ किलोमिटर क्षेत्रमा ट्र्याक निर्माणको काम मात्रै बाँकी छ”, वडा अध्यक्ष मल्लले भन्नुभयो– “ट्र्याक खोल्ने काम र सडक निर्माणको काम फेरी अघि बढ्दै छ ।” सहरी विकास तथा भवन कार्यालय नेपालगन्जमा अनुसार सोही सडक निर्माण कार्य अघि बढाउन लुम्बिनी प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०७९-८० मा एक करोड रुपियाँ बजेट छुट्टाइएको छ ।

सडक निर्माण कार्य सम्पन्न भएपछि पदयात्राका लागि समेत महत्त्वपूर्ण कदम हुने स्थानीय बासिन्दाले जनाएका छन् । गाभरमा रहेको लायन्स पार्क तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय बाँके, बर्दिया र सुर्खेत लगायतका जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा परिचित रहेको छ ।

लुम्बिनी प्रदेश बाँके क्षेत्र नम्बर ३(१)का सांसद रत्न खत्रीले गाभर उपत्यकालाई प्रदेशकै उत्कृष्ट पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकता दिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले चक्रपथ निर्माण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही भाग पर्ने भएकाले निकुञ्जसँग समन्वयको काम अघि बढाइएको जानकारी दिनुभयो । कोहलपुर नजिकै पर्ने भए पनि चारैतिरबाट जङ्गल र स–साना पहाडले घेरिएको गाभर रमणीय स्थानको रूपमा रहेको छ ।

शनिबार, १४ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !