sf7df8f}F, ( df3M lbuf] ljsf; tyf ;’zf;g ;ldlt a}7s lbuf] ljsf; tyf ;’zf;g ;ldltsf] ;f]daf/ l;+xb/af/df a;]sf] a}7s . tl:a/ M /Tg >]i7÷/f;;

दिगो विकास तथा सुशासन समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समयमै मल उपलब्ध गराउने कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

समितिले किसानहरुलाई कृषि मल समयमा नै उपलब्ध गराउने सुनिश्चितताका सम्बन्धमा मन्त्रालयको कार्य योजनासहित समितिको अर्को बैठकमा उपस्थितिका लागि मन्त्रालय लाई निर्देशन दिएको हो । समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो ।

किसानहरुलाई कृषि मल एवम् बीउविजन समयमा नै उपलब्ध गराउने सुनिश्चितता सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सरोकारवालसँग छलफल तथा विविध कार्यसूचीमा समितिका सदस्य, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय किसान आयोग, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र सरोकारवाला एवम् विज्ञहरुको सहभागितामा छलफल भएको थियो ।

यसैगरी, समितिका सदस्यहरु कृष्णप्रसाद पौडेल, नन्दा चपाई, नारायणप्रसाद दाहाल, भुवनबहादुर सुनार, महेशकुमार महरा, विमला घिमिरे, सिँगबहादुर वि.क, शारदादेवी भट्ट, प्रतिनिधि सभाका सदस्यहरु सरिता प्रसाई र देवप्रसाद तिमिल्सेनाले बैठकमा धारणा तथा सुझाव राख्नुभयो ।

त्यस्तै, राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका ना.प्र.कार्यकारी अधिकृत कुमार राजभण्डारी र अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)का सचिव शिवहरि खनालले बैठकको छलफलमा भाग लिनुभएको थियो ।

बिहिबार, १२ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे