धनकुटाको पर्यटकीय नगरी भेडेटारसँगै रहेको ऐतिहासिक साँगुरीगढी ओझेलमा परेको छ । किरात शासनकालमा यो गढीलाई नेपाल–भारत र भारत–चीन व्यापारको निगरानी गर्नेको रुपमा लिइएको थियो ।

किरात राज्य हुँदा होस् या धनकुटा गौँडा, साँगुरीगढी पञ्चायतकालको आधा समय पनि महत्वपूर्ण ठाउँको रुपमा रह्यो । सङ्घीयतापछि यही गढीको नामबाट यो क्षेत्रकोे नामसहित साँगुरीगढी गाउँपालिका निर्माण भएको छ ।

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले लिम्बूवान क्षेत्रमा रहेको यो गढीलाई वि.सं.१८३१ साउनमा एकीकृत गराएको थियो । त्यसपछि २०३६ सालसम्म यो पूर्वी पहाडको प्रवेशद्वारको रुपमा रह्यो ।

त्यसपछि धरान धनकुटा सडक बनेपछि यो स्थान सुनसान बन्यो । यो महत्वपूर्ण स्थानको प्रचारप्रसार गर्नसके प्रशस्त पर्यटकीय सम्भावना बोकेको साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र राई बताउनुहुन्छ ।

यो गढी पर्यटकीय नगरी भेडेटारबाट ३ किलोमिटर उत्तर पश्चिममा छ । भेडेटारमा दैनिक सयौंको सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । तर यो गढीमा भने आक्कलझुक्कल केही पर्यटक पुग्ने गरेका छन् ।

त्यसो त पर्यटक भित्र्याउन पर्यटन विकास कार्यालय काँकडभिट्टा तथा तत्कालीन जिल्ला विकास समितिले लाखाैँ रुपियाँ खर्चेर पूर्वाधार त निर्माण गरेका छन् ।

यहाँसम्म पुग्ने सिढी, प्रवेशद्वार, ट्वाइलेट रेलिङ्गलगायतका संरचना निर्माण भएका छन् । पूर्वाधार निर्माण भए पनि प्रचारप्रसारको अभावका कारण पर्यटकको पहुँच पुग्नै नसकेको भेडेटारका होटल व्यवसायी रमेश श्रेष्ठ बताउनुहुन्छ ।

धरानदेखि यो गढी हुँदै एकीकृत पदमार्ग घोषणा गरिए पनि थप पूर्वाधार विकास गर्न सकेको छैनन । प्रदेश सरकारले साँगुरीगढी गाउँपालिकालाई पर्यटकीय क्षेत्र घोषणा गरेको भए ऐतिहासिक गढीको संरक्षण, संवर्धन र प्रचारमा ध्यान नगएको बताइएको छ ।

बुधबार, ११ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा