धनकुटाको शहिदभुमी गाउँपालिकाले गरिब परिचयपत्र वितरण सुरु गरेको छ । पालिकाले अहिलेसम्म विभिन्न वडाका १ सय ८० घरपरिवारलाई परिचयपत्र वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको वडा नं ३ का १ सय १६, वडा नं ४ मा ४०, वडा नं ५ मा २४ घर परिवार गरि जम्मा उल्लेखित सङ्ख्याका गरिब परिवारलाई परिचयपत्र वितरण गरिएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक सिता पौडेलले जानकारी दिनुभयो । अब बाँकी वडाहरूमा माघ १३ गतेसम्म परिचयपत्र वितरण गरिने उहाँले बताउनुभयो ।

त्यस्तैगरि पालिकाको वडा नं ३ मा पशुमा लाग्ने रोग र त्यसको उपचारको बारेमा शिविर सञ्चालन गरिएको छ । शिविरमा १ सय १४ घरधुरी पशुपालक कृषकका बाख्रा १ हजार ७ सय ५०, गाई ३ सय ३५, भैसीं ९७, कुखुरा २ हजार २ सय २१, र ३ सय २९ बंगुरलाई लाग्ने विभिन्न रोगको औषधी नि:शुल्क वितरण गरिएको छ । भने ११ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ । त्यस्तै यो वडाका ज्येष्ठ नागरिकहरूको नि:शुल्क स्वास्थ्य परिक्षण समेत गरिएको गाउँपालिकाका कर्मचारी दीपक राईले जानकारी दिनुभयो । यस्तै वडा नं ४ र ५ मा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ४५ जनाको स्वास्थ्य परिक्षण गरि नि:शुल्क औषधि वितरण गरिएको उहाँले बताउनुभयो ।

शिविरमा मेडिकल अधिकृत प्रेम बहादुर बस्नेत सहितको टोलिले फिजिकल चेकजाँच सहित आवश्यक सल्लाह सुझाव दिएको थियो । आजै ४ नं वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘’श्रमको सम्मान , राष्ट्रको अभियान’’ नाराका साथ न्यूनतम रोजगार, नागरिकको अधिकार भन्ने सञ्चार’ अभिमुखीकरण सम्पन्न गरिएको छ । अभिमुखीकरणमा सो वडाका विभिन्न टोलका १८ देखी ६० वर्ष उमेर समूहका ५० जनाको सहभागिता थियो ।

अभिमुखीकरणमा प्रधानमन्त्री रोजगार कार्यक्रममा कसरी सहभागी हुने भन्ने प्रक्रियाबारे जानकारी गराइएको संयोजक पौडेलले बताउनुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत फकिर मोहमद,४ नं वडाध्यक्ष भीम बहादुर राई लगायतको उपस्थिति थियो ।

 

मङ्लबार, १० माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा