वर्षा नहुँदा हिउँदे बाली सुक्न थालेको भन्दै चिन्तित बनेका अछाम सहित सुदूरपश्चिम पहाडका किसान खुसी देखिएका छन् । बाली लगाएको लामो समयसम्म हिउँदे वर्षा नहुँदा बारीमा लगाइएको बाली सुक्ने अवस्था भएपछि निराश बनेका किसानहरू सोमबार रातिदेखि निरन्तर वर्षा हुन थालेपछि खुसी बनेका हुन ।

जिल्लाका अधिकांश स्थानहरूमा बाली सिचाँईको सुविधा नहुँदा किसानहरू वर्षेनी मर्कामा पर्दै आएका छन् । हिउँदमा समयमा वर्षा नभइदिँदा हरेक वर्ष समस्या खेपिरहेका अछामका किसानहरूलाई यस वर्ष समयमै भएको वर्षाले केही आशा जगाएको कमलबजार नगरपालिका-९ का किसान इन्द्र बहादुर रावतले बताउनु भयो ।

यस्तै वडा न-१० का वडा अध्यक्ष भीम बहादुर विष्टले समयमै भएको वर्षाले खुसी तुल्याएको बताउनु भयो । सुक्नै लागेको हिउँदे बाली अब फस्टाउने उहाँको विश्वास छ । वर्षाका कारण किसानहरूको अन्नबाली तथा तरकारी बालीमा फाइदा हुने किसानले बताएका छन् ।

हिउँदे बाली अन्तरगत गहुँ, जौ, मुसुरो, तोरी, आलु, प्याज, लसुन, धनियाँ, लगायतका अन्य बालीहरूमा यस वर्षाले राहत पुग्ने किसानहरूको अपेक्षा छ । सोमबार रातिदेखि सुरु भएको वर्षा लगातार भइरहेको छ ।

हिजोबाट सक्रिय भएको मनसुन सुदूरपश्चिम सहित कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगहरूमा वर्षा सहित हिमपात भइरहेको छ । सुदूर तथा कर्णाली प्रदेशका उच्च हिमाली भेगहरूमा अधिक मात्रामा हिमपात भएपछि एकातर्फ किसानहरू खुसी भएका छन् भने अर्कोतर्फ बाक्लो हिमपातका कारण जनजीवन प्रभावित बन्न पुगेको छ ।

यता निरन्तर रुपमा वर्षा भइरहेकाले चिसो बढेको भन्दै आफ्नो स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । यो समयमा बालबालिकाहरू र ज्येष्ठ नागरिकहरू बढी प्रभावित हुन सक्ने भएकाले उनीहरूको विशेष ख्याल राख्न सुझाव दिएका हुन् ।

प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका प्रमुख डा. अनमोल थापाले वर्षापछि चिसोको मात्रा बढेकाले बालबालिका र ज्येष्ठ नागरिकहरूको ख्याल राख्न जरुरी रहेको औँल्याउनु भयो । विशेष गरि यो समयमा बालबालिकाहरूमा निमोनियाको असर बढी पर्ने भएकाले न्यानो गराइराख्न डा. थापाले आग्रह छ ।

मङ्लबार, १० माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे