मधेश प्रदेशका जिल्लाहरूमा पर्यटकको आगमनमा २ सय ५४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष सो सङ्ख्यामा पर्यटक आगमनमा वृद्धि भएको नेपाल राष्ट्र बैङ्क जनकपुरधाम शाखाले जनाएको छ ।

आर्थिक वर्ष २०७७–७८ मा ५ हजार ८ सय ४७ जना पर्यटक आएकोमा यस वर्ष यो सङ्ख्यामा निक्कै वृद्धि भएको छ । यस आर्थिक वर्षमा २० हजार ७ सय ३३ जना पर्यटक आएको नेपाल राष्ट्र बैङ्क जनकपुरधामस्थित कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष कोरोना महामारी सहितका विभिन्न कारणले पर्यटक आगमनमा ५७.३५ प्रतिशतले कमी आएको थियो । चालु आर्थिक वर्षमा मधेश प्रदेशमा आउने पर्यटकमध्ये ९०.६९ प्रतिशत भारतीय नै छन् । चीनबाट आउने पर्यटकको सङ्ख्या १.८३ प्रतिशत रहेको छ भने तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्या ७.४८ प्रतिशत रहेको छ ।

गत वर्ष मात्र मधेश प्रदेशमा पर्यटकको आगमनमा कमी आएका कारणले २६.७० प्रतिशतले रोजगारीमा ह्रास आएको नेपाल राष्ट्र बैङ्क जनकपुरधामस्थित शाखाको प्रतिवेदनमा उल्लेख छ । मधेश प्रदेशको होटल तथा लज एवं धर्मशालामा भारतीय पर्यटक अत्यधिक मात्रामा आएर बास बस्ने गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

शनिबार, ७ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे